नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९ सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ६० रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा हुने उतारचढावका आधारमा दैनिक मूल्य निर्धारण गर्ने गरिएको छ ।