शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्रकुमार साह
  • #सुरजकुमार
  • #सागरकुमार साह
  • #राहुलकुमार गुप्ता
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #२ अर्ब ३९ करोड
  • #वित्तीय अपराध
  • #घुस प्रकरण
यहाँ खोज्नुहोस्
your add here your add here
अर्थ बाणिज्य
  • गृहपृष्ठ
  • अर्थ बाणिज्य
  • फास्ट ट्र्याक निर्माणमा ढिलाइप्रति योजना आयोग सदस्यको प्रश्न
फास्ट ट्र्याक निर्माणमा ढिलाइप्रति योजना आयोग सदस्यको प्रश्न
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, असोज २१, २०८३
A1 Beakery Add A1 Beakery Add

काठमाडौंलाई तराईसँग जोड्ने राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलाइ भएपछि आयोजनाको कार्यप्रगति र व्यवस्थापनमाथि प्रश्न उठ्न थालेको छ। चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित नेपाली सेनालाई जिम्मा दिइएको आयोजनाको भौतिक प्रगति ५० प्रतिशतको हाराहारीमा सीमित भएपछि निर्माणमा देखिएका अवरोध हटाउन सरकारमाथि दबाब बढेको हो ।

राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाले फास्ट ट्र्याकको निर्माणमा खरिद प्रक्रिया, सामग्रीको स्पेसिफिकेसन, डिजाइन स्वीकृति, निर्माण व्यवसायीलाई लगाइएको जरिवाना, बजेट अभाव तथा खोकना विवादजस्ता विषयले आयोजनाको गति प्रभावित गरेको बताएका छन् ।

उनका अनुसार नेपाली सेनाले यसअघि यति ठूलो पूर्वाधार आयोजना निर्माणको अनुभव नराखेकाले खरिद तथा सामग्री छनोटका क्रममा कमजोरी देखिएको हो। केही सामग्री खरिदका लागि निश्चित कम्पनी वा ब्रान्डलाई लक्षित गरी स्पेसिफिकेसन बनाइएको भए त्यसले प्रतिस्पर्धालाई सीमित गर्ने भन्दै उनले यस्तो प्रक्रियामा सुधार आवश्यक रहेको बताए ।

थापाले गुणस्तरको मापदण्ड पूरा गर्ने जुनसुकै कम्पनीका सामग्रीलाई प्रतिस्पर्धामा सहभागी गराउनुपर्नेमा जोड दिएका छन्। कुनै एक कम्पनीको उत्पादन अनिवार्य गर्ने गरी खरिद प्रक्रिया अघि बढाउनु उचित नभएको उनको भनाइ छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

तर, नेपाली सेनाका सूचना अधिकारी राजाराम बस्नेतले भने निश्चित कम्पनीको सामग्री प्रयोग गर्नुपर्ने गरी स्पेसिफिकेसन तयार गरिएको विषयमा आफूलाई जानकारी नभएको बताएका छन्। उनका अनुसार फास्ट ट्र्याक निर्माणमा भौगोलिक जटिलता, जग्गा प्राप्ति, सुरुङ तथा पुल निर्माण र प्राकृतिक विपद्का कारण चुनौती थपिएको छ ।

फास्ट ट्र्याकमा करिब ११ किलोमिटर सुरुङ र १० देखि ११ किलोमिटर पुल निर्माण गर्नुपर्नेछ। केही पुल ८१ मिटरसम्म अग्ला हुने भएकाले आयोजना प्राविधिक रूपमा जटिल रहेको सेनाले जनाएको छ ।

यसैगरी, सुरुङ तथा पुल निर्माणका लागि गरिएको पूर्वयोग्यता प्रक्रियामा समेत विवाद देखिएको थियो। सार्वजनिक लेखा समितिले प्रक्रियागत त्रुटि औंल्याउँदै प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया अघि बढाउन नेपाली सेनालाई निर्देशन दिएको थियो। २२ कम्पनीले आवेदन दिएकोमा एउटा कम्पनी मात्र पूर्वयोग्यताका लागि छनोट भएको विषयमा समितिले प्रश्न उठाएको थियो ।

डिजाइन स्वीकृतिमा भएको ढिलाइले पनि निर्माणको गति प्रभावित भएको थापाको भनाइ छ। डिजाइन स्वीकृत हुन समय लागे पनि निर्माण व्यवसायीलाई लिक्विडेटेड ड्यामेज (एलडी) लगाउँदा उनीहरूको नगद प्रवाहमा समस्या आएको र त्यसले कामको गति घटाएको उनले बताए।

सेनाका अनुसार कोभिड–१९ महामारीसँगै २०८१ असोज ११ गते आएको बाढीले समेत विभिन्न क्षेत्रमा निर्माण प्रभावित गरेको थियो ।

आयोजनामा सञ्चालनमा रहेका ११ वटा ठेक्काको समयसीमा पुनः निर्धारण गरी कामलाई गति दिने विषयमा समेत छलफल भइरहेको छ। ५० प्रतिशतभन्दा बढी प्रगति भएका निर्माण व्यवसायीले आगामी एक वर्षभित्र काम सम्पन्न गरेमा यसअघि लागेको जरिवाना फिर्ता गर्ने प्रस्ताव अघि सारिएको छ। नयाँ समयसीमामा समेत काम सम्पन्न नगरे थप जरिवाना लगाउने व्यवस्था गर्न लागिएको छ ।

फास्ट ट्र्याक निर्माणमा खोकना विवाद पनि प्रमुख अवरोधका रूपमा रहेको छ। रक्षा मन्त्रालयले विवाद समाधान तथा वैकल्पिक विकल्पबारे अध्ययन भइरहेको जनाएको छ ।

योजना आयोगका सदस्य थापाले आयोजनालाई गति दिन पर्याप्त बजेट आवश्यक रहेको बताएका छन्। सय अर्ब रुपैयाँभन्दा बढीको काम बाँकी रहेको अवस्थामा चालु आर्थिक वर्षमा करिब १७ अर्ब रुपैयाँ मात्र विनियोजन भएकाले रणनीतिक आयोजनामा स्रोत केन्द्रित गर्नुपर्ने उनको सुझाव छ।

२०८३ भदौ मसान्तसम्म फास्ट ट्र्याकको भौतिक प्रगति ५०.०२ प्रतिशत र वित्तीय प्रगति ५१.४७ प्रतिशत पुगेको छ। निर्माण अवधि लम्बिँदै जाँदा आयोजनाको अनुमानित लागत २ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ भने बाँकी काम सम्पन्न गर्न थप करिब २० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

सरकारले आयोजनाको समयसीमा पुनः तीन वर्ष थपेर २०८६ चैत मसान्तसम्म पुर्‍याएको छ। यसअघि २०७८ वैशाखमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना पहिलोपटक २०८१ मंसिर र दोस्रोपटक २०८३ चैतसम्म सम्पन्न गर्ने गरी म्याद थपिएको थियो।

म्याद थपिँदै र लागत बढ्दै गएको अवस्थामा फास्ट ट्र्याकलाई केवल समय र बजेट थपेर मात्र सम्पन्न गर्न कठिन देखिएको छ। खरिद प्रणालीमा सुधार, डिजाइन स्वीकृति प्रक्रियालाई सहज बनाउने, निर्माण व्यवसायीका समस्या समाधान गर्ने, खोकना विवाद टुंग्याउने र पर्याप्त बजेट सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएको छ।

काठमाडौं र तराईबीच छोटो तथा वैकल्पिक सडक सञ्जालका रूपमा हेरिएको फास्ट ट्र्याक सञ्चालनमा आएपछि वार्षिक १० देखि १५ अर्ब रुपैयाँसम्म आम्दानी हुन सक्ने अनुमान गरिएको छ। त्यसैले लामो समयदेखि अल्झिएको आयोजनालाई अब निर्णायक रूपमा अघि बढाउनुपर्ने दबाब सरकारमाथि बढेको छ।


प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  १०:५९
#नेपाली सेना #पूर्वाधार विकास #विकास आयोजना #फास्ट ट्र्याक #राष्ट्रिय गौरवको आयोजना #अर्जुनजंग थापा #काठमाडौं तराई मधेस द्रुतमार्ग #खरिद प्रक्रिया #खोकना विवाद
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अर्थ बाणिज्य
सुनचाँदीको मूल्यमा वृद्धि, सुन फेरि महँगियो
सुनचाँदीको मूल्यमा वृद्धि, सुन फेरि महँगियो बुधबार, असोज २१, २०८३
नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि कमी
नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि कमी मंगलबार, असोज २०, २०८३
ग्यास र पेट्रोलियम आपूर्ति नेपालको नियन्त्रणबाहिर : मन्त्री साह
ग्यास र पेट्रोलियम आपूर्ति नेपालको नियन्त्रणबाहिर : मन्त्री साह मंगलबार, असोज २०, २०८३
सुनको भाउ स्थिर रहँदा चाँदीको मूल्य घट्यो
सुनको भाउ स्थिर रहँदा चाँदीको मूल्य घट्यो मंगलबार, असोज २०, २०८३
नेप्से २० अंकले घट्यो, कारोबार ३ अर्बमै सीमित
नेप्से २० अंकले घट्यो, कारोबार ३ अर्बमै सीमित सोमबार, असोज १९, २०८३
सुनको भाउ सामान्य घट्यो, चाँदीको बढ्यो
सुनको भाउ सामान्य घट्यो, चाँदीको बढ्यो सोमबार, असोज १९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
पेस्तोल र गोलीसहित नेपाल छिर्न खोज्ने भारतीय नागरिक पक्राउ
पेस्तोल र गोलीसहित नेपाल छिर्न खोज्ने भारतीय नागरिक पक्राउ वीरगंज सिटी
लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ
लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
करोडौँ खर्च, २३ वर्ष बित्दा पनि अधुरै बीपी उद्यान
करोडौँ खर्च, २३ वर्ष बित्दा पनि अधुरै बीपी उद्यान वीरगंज सिटी
रुसमा ‘प्लेग निमोनिया’को हल्ला : के यो कोभिडजस्तै फैलिन सक्छ?
रुसमा ‘प्लेग निमोनिया’को हल्ला : के यो कोभिडजस्तै फैलिन सक्छ? वीरगंज सिटी
जनमत पार्टी पर्साको प्रवक्तामा शहनवाज राकी नियुक्त
जनमत पार्टी पर्साको प्रवक्तामा शहनवाज राकी नियुक्त वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
आफ्नै जग्गाको मुआब्जा माग्न प्रभावित जग्गाधनीहरू पटक–पटक आन्दोलन र धर्नामा बस्नुपर्ने अवस्था किन ?
आफ्नै जग्गाको मुआब्जा माग्न प्रभावित जग्गाधनीहरू पटक–पटक आन्दोलन र धर्नामा बस्नुपर्ने अवस्था किन ? वीरगंज सिटी
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ?
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ? वीरगंज सिटी
उद्यमी मञ्च
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
भारतीय महिला क्रिकेटमा नेतृत्व परिवर्तन, हरमनप्रीतले छाडिन् कप्तानी
भारतीय महिला क्रिकेटमा नेतृत्व परिवर्तन, हरमनप्रीतले छाडिन् कप्तानी वीरगंज सिटी
जितिया पर्वको अवसरमा औराहा पञ्चगावामा दंगल कुस्ती प्रतियोगिता सुरु
जितिया पर्वको अवसरमा औराहा पञ्चगावामा दंगल कुस्ती प्रतियोगिता सुरु वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP