नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।
महासंघले बुधबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँ निर्धारण गरेको छ। मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ४२५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।
यसअनुसार एक दिनमै सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको महासंघले जनाएको छ ।