पर्साको कालिकामाई गाउँपालिका–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कटिबलुवाका विद्यार्थीहरू अचानक बेहोश भएका छन् ।
पठनपाठनका लागि कक्षाकाेठामा जाने समयमा एकपछि अर्को गरी विद्यार्थीहरू अचानक बेहोश भएपछि विद्यालयका शिक्षक अभिभावकहरू आत्तिएका थिए । प्रारम्भिक जानकारी अनुसार, बेहोश हुने विद्यार्थीहरूको संख्या तीनदर्जन भन्दा बढी रहेको छ । बेहोश भएका विद्यार्थीलाई पोखरिया अस्पतालमा उपचारका लागि पठाइएको छ ।
विद्यालयका शिक्षकका अनुसार विद्यार्थीहरूकाे अचानक टाउको दुख्ने, कमजोरी महसुस भएर बेहोश भइ भुइँमा लड्न थालेका थिए ।
प्राथर्ना भएपछि कक्षाकाेठामा जान लाग्दा एकास्सी विद्यार्थीहरु बेहोस् हुन थालेको इप्रका पोखरीयाले जनाएको छ । बेहाेस हुनेमा कक्षा ५ देखी कक्षा ९ सम्मका विद्यार्थीहरू रहेको छ । घटनापछि विद्यालयका शिक्षक, कर्मचारी तथा स्थानीय अभिभावकहरूले विद्यार्थीहरूलाई तत्काल पोखरिया अस्पताल पुर्याएका छन् ।
बेहोश हुनुको कारणबारे अस्पतालले औपचारिक जानकारी दिएको छैन ।
अपडेट हुदै गएकाे समाचार - सं.