यस वर्षको विजया दशमी अर्थात् दशैंको टीकाको उत्तम साइत बिहान १०:२६ बजे रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले मंगलबार साँझ सूचना जारी गर्दै आगामी कात्तिक ४ गते परेको विजया दशमीका दिन बिहान १०:२६ बजे टीका लगाउने उत्तम साइत रहेको जनाएको हो ।
समितिका अनुसार टीका लगाइमाग्ने व्यक्ति पश्चिम मोहडा फर्किएर टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्नुपर्नेछ ।
यसैगरी, यस वर्षको बडादशैंअन्तर्गत असोज २५ गते घटस्थापनाको शुभ साइत बिहान ११:४७ बजे रहेको समितिले जनाएको छ ।
घटस्थापनासँगै विधिवत् रूपमा बडादशैं सुरु हुनेछ भने कात्तिक ४ गते विजया दशमीका दिन टीका तथा जमरा लगाएर मान्यजनबाट आशीर्वाद ग्रहण गरिनेछ ।