शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्रकुमार साह
  • #सुरजकुमार
  • #सागरकुमार साह
  • #राहुलकुमार गुप्ता
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #२ अर्ब ३९ करोड
  • #वित्तीय अपराध
  • #घुस प्रकरण
यहाँ खोज्नुहोस्
your add here your add here
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बारागढीमा सवारी मर्मतका नाममा २० लाख खर्च: विलका अधारमा लाखाैँ भुक्तानी, न न आदेश न मर्मत अभिलेख
बारागढीमा सवारी मर्मतका नाममा २० लाख खर्च: विलका अधारमा लाखाैँ भुक्तानी, न न आदेश न मर्मत अभिलेख
बलिराम यादव
बलिराम यादव बुधबार, असोज २१, २०८३
A1 Beakery Add A1 Beakery Add

बाराको बारागढी गाउँपालिकामा सवारी साधन तथा अन्य सम्पत्ति मर्मतसम्भारका नाममा २० लाख रुपैयाँ खर्च भए पनि त्यसको आवश्यक अभिलेख र प्रमाण उपलब्ध नभएको पाइएको छ ।

महालेखापरीक्षकको प्रतिवेदनले मर्मतअघि र मर्मतपछि पूरा गर्नुपर्ने प्रक्रिया तथा मर्मत अभिलेखसमेत नराखी खर्च गरिएको भन्दै प्रश्न उठाएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा सवारी साधन मर्मत खर्च शीर्षक २२२१३ मा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । विनियोजित रकममध्ये २० लाख रुपैयाँ नै खर्च भएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

तर, उक्त रकमबाट कुन–कुन सवारी साधन वा सम्पत्ति मर्मत गरियो, के–कस्तो समस्या मर्मत गरियो, मर्मतका लागि कहिले आदेश दिइयो, कहिले मर्मत सम्पन्न भयो र मर्मतपछि कसले जाँच गरी भुक्तानीका लागि सिफारिस गर्‍यो भन्ने विवरण स्पष्ट हुने अभिलेख लेखापरीक्षणका क्रममा पेश हुन सकेन ।

मर्मत अभिलेख नै छैन

Add Sarwotam HospitalAdd Sarwotam Hospital

baragadhi-1791375049.jpegसरकारी लेखा फारामअनुसार कुनै सवारी साधन वा अन्य सरकारी सम्पत्ति मर्मत गर्नुअघि मर्मत आवेदन तथा आदेश फाराम ४१४, मर्मत सम्पन्न फाराम ४१४(क) र मर्मत अभिलेख खाता फाराम ४१५ प्रयोग गर्नुपर्ने व्यवस्था छ ।

मर्मत गर्नुअघि सम्बन्धित सम्पत्तिमा यसअघि भएको मर्मत खर्च, उपलब्ध बजेट तथा आवश्यकताको विश्लेषण गरी स्वीकृति लिनुपर्ने हुन्छ । स्वीकृति प्राप्त भएपछि मर्मत कार्य सम्पन्न भए/नभएको जाँच गरी त्यसको आधारमा भुक्तानी गर्नुपर्ने र मर्मत गरिएका सम्पत्तिको छुट्टाछुट्टै अभिलेख राख्नुपर्ने व्यवस्था छ ।

तर बारागढी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा २० लाख रुपैयाँ मर्मत खर्च गरेको देखाए पनि सो खर्चसँग सम्बन्धित आवश्यक अभिलेख उपलब्ध गराउन नसकेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

बारागढी गाउँपालिकाका अध्यक्ष अशाेक जैसवाल रहेकेा उक्त पालिकामा लेखापरीक्षणका क्रममा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुनिल केसरीले पालिकामा एउटा सवारी साधन रहेको र एउटा जिप भाडामा लिएको मौखिक जानकारी गराएको उल्लेख छ । तर अन्य सवारी साधन तथा स्थिर सम्पत्तिसम्बन्धी विवरण भने पालिकाले उपलब्ध नगराएको प्रतिवेदनमा जनाएको छ ।

बिलका आधारमा लाखौँ भुक्तानी

महालेखापरीक्षणका क्रममा जिन्सी निरीक्षण तथा जिन्सी निरीक्षण प्रतिवेदनसमेत माग गरिएकोमा पेश हुन नसकेको उल्लेख छ । यसले गाउँपालिकाको मर्मत खर्चको वास्तविकता र उपयोगितामाथि प्रश्न उठाएको छ ।

कुन सम्पत्तिको कुन भाग मर्मत गरिएको हो भन्ने विवरणसमेत स्पष्ट नगरी मोटर पार्ट्सको बिजकका आधारमा २ लाख २९ हजार रुपैयाँ भुक्तानी गरिएको पाइएको छ ।

मर्मत अभिलेखमा मर्मत गरिने सम्पत्तिको इन्जिन नम्बर, स्पेसिफिकेसन, मर्मत आवेदनकर्ताको नाम, मर्मत गरिएको मिति तथा मर्मतको विवरणलगायतका आवश्यक जानकारी उल्लेख हुनुपर्ने भए पनि ती विवरणबिनै खर्च देखाइएको प्रतिवेदनले औँल्याएको छ ।

यसरी आवश्यक अभिलेख र प्रमाणबिना ठूलो रकम मर्मत खर्चका रूपमा भुक्तानी गरिएको विषयले सार्वजनिक रकमको उपयोगमा पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ ।

मर्मत भयो कि भएन भन्ने नै अन्योल

महालेखापरीक्षकले परीक्षण गरेको भौचरमा मर्मत खर्च गर्नुअघि तथा मर्मत सम्पन्न भएपछि पूरा गर्नुपर्ने प्रक्रिया पालना नगरिएको उल्लेख गरेको छ । परीक्षण गरिएका भौचरबाहेक अन्य भौचरमा पनि आवश्यक प्रक्रिया पूरा गरिएको छ भन्ने आधार नदेखिएको प्रतिवेदनमा जनाइएको छ ।

यसबाट गाउँपालिकाको सम्पत्ति वास्तवमै मर्मत भएको थियो वा थिएन भन्ने विषयसमेत स्पष्ट हुन नसकेको देखिन्छ ।

मर्मत खर्च प्रभावकारी भएको पुष्टि गर्न आर्थिक वर्षको अन्त्यमा खरिद गरिएका सामग्री तथा त्यसपछि भएको मर्मत, सम्पत्तिको वास्तविक मर्मत भए/नभएको, समयमै मर्मत गरी प्रभावकारी रूपमा प्रयोगमा ल्याइएको/नल्याइएको तथा मर्मत सम्पन्न भएपछि प्राविधिक वा सम्बन्धित पक्षबाट जाँच गरी मात्र भुक्तानी गरिएको/नगरिएकोजस्ता विषय स्पष्ट हुनुपर्ने हुन्छ ।

तर यी विषय पुष्टि हुने पर्याप्त कागजात र अभिलेख पेश नभएकाले २० लाख रुपैयाँको मर्मत खर्चको प्रभावकारिता र औचित्यमाथि महालेखापरीक्षकले प्रश्न उठाएको छ ।

स्थानीयद्वारा मिलेमतोको आरोप

मर्मतको अभिलेख नहुनु, जिन्सी निरीक्षण प्रतिवेदन पेश नहुनु, मर्मत गरिएको सम्पत्तिको विवरण स्पष्ट नहुनु र बिलका आधारमा ठूलो रकम भुक्तानी भएको देखिनुले गाउँपालिकाको मर्मत खर्चमा अनियमितता भएको हुनसक्ने स्थानीयको आरोप छ ।

स्थानीयले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा तथा सम्बन्धित सप्लायर्सबीचको मिलेमतोमा वास्तविक मर्मतबिनै बिलका आधारमा रकम भुक्तानी गरिएको हुनसक्ने भन्दै छानबिनको माग गरेका छन् । यद्यपि, मिलेमतो वा भ्रष्टाचार भएको अन्तिम निष्कर्षमा पुग्न सम्बन्धित निकायबाट थप छानबिन र प्रमाण आवश्यक हुन्छ ।

यस विषयमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुनिल केसरीको प्रतिक्रिया लिन पटक–पटक फोन सम्पर्क गर्ने प्रयास गरिएको भए पनि उनले फोन उठाएन्न ।

नागरिकको सबैभन्दा नजिकको सरकारका रूपमा रहेको स्थानीय तहले नै सार्वजनिक खर्चसँग सम्बन्धित आवश्यक अभिलेख र प्रक्रिया पूरा नगरी रकम खर्च गर्ने हो भने स्थानीय तहको वित्तीय अनुशासन, पारदर्शिता र सुशासनमाथि प्रश्न उठ्नु स्वाभाविक हो ।

बारागढी गाउँपालिकामा २० लाख रुपैयाँ मर्मत खर्चको वास्तविकता, मर्मत गरिएका सवारी तथा सम्पत्तिको अवस्था, भुक्तानी भएका बिल, सम्बन्धित सप्लायर्स र जिम्मेवार पदाधिकारीको भूमिकाबारे सम्बन्धित निकायले आवश्यक छानबिन गरी तथ्य सार्वजनिक गर्नुपर्ने स्थानीयकाे माग छ  ।


प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  १७:५१
#बारागढी गाउँपालिका #मधेश #अनियमितता #स्थानीय तह #बारा #सुशासन #पारदर्शिता #सार्वजनिक सम्पत्ति #महालेखापरीक्षक #सार्वजनिक खर्च
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
वीरगंज–११ मा वडा अध्यक्षकै घर जाने बाटो हल्का वर्षामै जलमग्न
वीरगंज–११ मा वडा अध्यक्षकै घर जाने बाटो हल्का वर्षामै जलमग्न बुधबार, असोज २१, २०८३
चिन्ता सामान्य कि मानसिक स्वास्थ्यको गम्भीर संकेत ?
चिन्ता सामान्य कि मानसिक स्वास्थ्यको गम्भीर संकेत ? बुधबार, असोज २१, २०८३
करोडौँ खर्च, २३ वर्ष बित्दा पनि अधुरै बीपी उद्यान
करोडौँ खर्च, २३ वर्ष बित्दा पनि अधुरै बीपी उद्यान बुधबार, असोज २१, २०८३
रुसमा ‘प्लेग निमोनिया’को हल्ला : के यो कोभिडजस्तै फैलिन सक्छ?
रुसमा ‘प्लेग निमोनिया’को हल्ला : के यो कोभिडजस्तै फैलिन सक्छ? मंगलबार, असोज २०, २०८३
जनमत पार्टी पर्साको प्रवक्तामा शहनवाज राकी नियुक्त
जनमत पार्टी पर्साको प्रवक्तामा शहनवाज राकी नियुक्त मंगलबार, असोज २०, २०८३
१० लाखभन्दा बढीका अवैध सामान बरामद, आईफोनसहित कस्मेटिक र स्याउ नियन्त्रणमा
१० लाखभन्दा बढीका अवैध सामान बरामद, आईफोनसहित कस्मेटिक र स्याउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
दक्षिण कोरिया पठाइदिने भन्दै छोरालाई अलपत्र पारेको आरोपमा आरोपी पक्राउ
दक्षिण कोरिया पठाइदिने भन्दै छोरालाई अलपत्र पारेको आरोपमा आरोपी पक्राउ वीरगंज सिटी
पोखरामा ग्यास चुहावटबाट आगलागीको कृत्रिम अभ्यास, सुरक्षा निकायले देखायो उद्धार तथा प्रतिकार्य
पोखरामा ग्यास चुहावटबाट आगलागीको कृत्रिम अभ्यास, सुरक्षा निकायले देखायो उद्धार तथा प्रतिकार्य वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
बारागढीमा सवारी मर्मतका नाममा २० लाख खर्च: विलका अधारमा लाखाैँ भुक्तानी, न न आदेश न मर्मत अभिलेख
बारागढीमा सवारी मर्मतका नाममा २० लाख खर्च: विलका अधारमा लाखाैँ भुक्तानी, न न आदेश न मर्मत अभिलेख बलिराम यादव
वीरगंज–११ मा वडा अध्यक्षकै घर जाने बाटो हल्का वर्षामै जलमग्न
वीरगंज–११ मा वडा अध्यक्षकै घर जाने बाटो हल्का वर्षामै जलमग्न वीरगंज सिटी
चिन्ता सामान्य कि मानसिक स्वास्थ्यको गम्भीर संकेत ?
चिन्ता सामान्य कि मानसिक स्वास्थ्यको गम्भीर संकेत ? वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
आफ्नै जग्गाको मुआब्जा माग्न प्रभावित जग्गाधनीहरू पटक–पटक आन्दोलन र धर्नामा बस्नुपर्ने अवस्था किन ?
आफ्नै जग्गाको मुआब्जा माग्न प्रभावित जग्गाधनीहरू पटक–पटक आन्दोलन र धर्नामा बस्नुपर्ने अवस्था किन ? वीरगंज सिटी
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ?
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ? वीरगंज सिटी
उद्यमी मञ्च
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी वीरगंज सिटी
भारतीय महिला क्रिकेटमा नेतृत्व परिवर्तन, हरमनप्रीतले छाडिन् कप्तानी
भारतीय महिला क्रिकेटमा नेतृत्व परिवर्तन, हरमनप्रीतले छाडिन् कप्तानी वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा वीरगंज सिटी
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP