पर्सा जिल्लाको पहिचान, गौरव र विकासमा योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मान गर्दै २५ औँ पर्सा दिवस समारोह–२०८३ आयोजना गरिएको छ ।
पर्सा मिलन केन्द्रको आयोजनामा सम्पन्न समारोहमा शिक्षा, कला–साहित्य तथा संस्कृति, उद्योग–व्यवसाय, स्वास्थ्य, खेलकुद, सामाजिक सेवा र सञ्चार तथा प्रविधिसहित सात विधाका व्यक्तित्वहरूलाई सम्मान गरिएको हाे ।समारोहमा प्रमुख अतिथिका रूपमा प्रतिष्ठित अर्थशास्त्री एवं प्राज्ञिक व्यक्तित्व प्रा.डा. पृथ्वीराज लिगलले सम्मानित व्यक्तिहरूलाई कदरपत्र सहित सम्मानित गरेका थिए ।
पर्सा मिलन केन्द्रका अध्यक्ष गोविन्द प्रसाद नेपालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य क्षेत्रमा डा. लक्ष्मी थापा, शिक्षा क्षेत्रमा मुखदेव प्रसाद साह कानु, कला, साहित्य तथा संस्कृति क्षेत्रमा अशोक प्रधान, उद्योग तथा व्यवसाय क्षेत्रमा गोपाल केडिया, खेलकुद क्षेत्रमा आफताव आलम, सामाजिक क्षेत्रमा राजकृष्ण अमात्य तथा सञ्चार, विज्ञान तथा प्रविधि क्षेत्रमा निरञ्जन मिश्र रहनुभएको छ ।
कार्यक्रममा केन्द्रका प्रथम उपाध्यक्ष अमु सिंह सिजापति र द्वितीय उपाध्यक्ष अतुउल्लाह अंसारीलगायतको सहभागिता रहेको थियो ।