नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको वृद्धिसँगै सुनको मूल्य पुनः बढेको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले वृद्धि भई ४ हजार ४०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।