नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले वृद्धि भएको हो ।
महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँ थियो । शुक्रबार पनि सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ४ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ४ हजार ४४० रुपैयाँमा किनबेच भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ४ हजार १९५ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ ।