शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #राहुलकुमार गुप्ता
  • #शंकास्पद वित्तीय कारोबार
  • #सुरजकुमार
  • #उपेन्द्रकुमार साह
यहाँ खोज्नुहोस्
your add here your add here
अर्थ बाणिज्य
  • गृहपृष्ठ
  • अर्थ बाणिज्य
  • ३६ अर्बको विमानस्थल सुनसान, व्यवसायीको गुनासो– हामी ठगियौँ
३६ अर्बको विमानस्थल सुनसान, व्यवसायीको गुनासो– हामी ठगियौँ
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, असोज २६, २०८३
A1 Beakery Add A1 Beakery Add

राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसक्दा सरकारी लगानीको सदुपयोगमाथि प्रश्न उठेको छ। करिब ३६ अर्ब रुपैयाँ खर्च गरेर निर्माण गरिएको विमानस्थलमा पछिल्लो साढे ६ महिनादेखि अन्तर्राष्ट्रिय उडान हुन नसक्दा निजी क्षेत्रसमेत निराश बनेको छ ।

२०७१ साल माघ १ गते शिलान्यास गरिएको विमानस्थल २०७९ साल जेठ २ गते उद्घाटन गरी व्यावसायिक सञ्चालनमा ल्याइएको थियो ।  विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन हुने, होटल व्यवसाय फस्टाउने र स्थानीयले रोजगारी पाउने अपेक्षा गरिएको थियो। तर, अहिले विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा ती अपेक्षा पूरा हुन सकेका छैनन् ।

उद्घाटनका दिन कुवेतबाट आएको जजिरा एयरवेजको जहाज र नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज अवतरण गर्दा स्थानीय व्यवसायी उत्साहित भएका थिए। दैनिक आठदेखि दस वटासम्म ठूला अन्तर्राष्ट्रिय जहाज आउने सपना देखेका व्यवसायी अहिले विमानस्थल सुनसान बनेपछि निराश छन् ।

साढे ६ महिनादेखि अन्तर्राष्ट्रिय उडान ठप्प

Add Sarwotam HospitalAdd Sarwotam Hospital

विमानस्थलमा पछिल्लो पटक २०८२ चैत ११ गते थाई एयर एसियाले अन्तर्राष्ट्रिय उडान गरेको थियो। बैंककबाट १४ जना यात्रु लिएर भैरहवा अवतरण गरेको उक्त जहाजले यहाँबाट १०६ जना यात्रु लिएर उडान भरेको थियो ।

विमानस्थलका सूचना अधिकृत पवन अग्रहरी बनियाँका अनुसार हाल कुनै पनि विमान कम्पनीले नियमित अन्तर्राष्ट्रिय उडानको तालिका बनाएका छैनन् । अक्टोबर १२ मा भारतको दिल्लीबाट एउटा चार्टर उडान आउने सम्भावना रहे पनि त्यसको प्रस्तावसमेत स्वीकृत भइसकेको छैन ।

विमानस्थल सञ्चालनमा आएको साढे चार वर्षको अवधिमा १ हजार २२२ वटा निर्धारित तथा चार्टर उडान भएका छन् । ती उडानमार्फत ६९ हजार ३७७ यात्रुले सेवा लिएका छन्। त्यसमध्ये ३१ हजार ९३२ जना यात्रु विमानस्थलमा ओर्लिएका थिए भने ३७ हजार ४४५ जना यहाँबाट बाहिरिएका थिए ।

३६ अर्ब खर्च, वार्षिक आठ करोडभन्दा बढी सञ्चालन खर्च

पाँच सय बिघा जमिन अधिग्रहण गरेर निर्माण गरिएको विमानस्थलमा सरकारले करिब ३६ अर्ब रुपैयाँ खर्च गरेको छ। जग्गा अधिग्रहणको मुआब्जामै २२ अर्ब रुपैयाँ खर्च भएको थियो । बाँकी रकम धावनमार्ग, कन्ट्रोल टावर, विभिन्न भौतिक संरचना तथा उपकरण खरिदमा लगानी गरिएको थियो ।

एसियाली विकास बैंकसँग सहुलियतपूर्ण ऋण लिएर निर्माण गरिएको विमानस्थलबाट नियमित आम्दानी हुन नसके पनि सरकारले ऋणको ब्याज तिरिरहनुपरेको छ। अर्कोतर्फ, विमानस्थलमा स्थायी, अस्थायी तथा करारका प्राविधिक, प्रशासनिक र सुरक्षाकर्मीसहित एक सयभन्दा बढी कर्मचारी कार्यरत छन्।

कर्मचारीको तलबभत्ता, विद्युत् तथा खानेपानी महसुल र प्रशासनिक काममा वार्षिक आठ करोड रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ। टर्मिनल भवन, धावनमार्गको प्रकाश व्यवस्था, वातानुकूलित प्रणाली, राडार तथा सञ्चार उपकरण तयारी अवस्थामा राख्नुपर्ने भएकाले विमानस्थल सञ्चालनमा नआए पनि नियमित खर्च भइरहेकै छ।

निजी क्षेत्रको अर्बौं लगानी जोखिममा

विमानस्थल सञ्चालनमा आउने अपेक्षासहित आसपासका क्षेत्रमा होटल, पर्यटन तथा अन्य व्यवसायमा लगानी गरेका निजी क्षेत्रका व्यवसायीसमेत अहिले समस्यामा परेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठका अनुसार विमानस्थल सञ्चालन हुने विश्वासमा निजी क्षेत्रले ठूलो लगानी गरेको थियो। तर, अपेक्षाअनुसार उडान नहुँदा लगानीको प्रतिफल पाउनु त परै जाओस्, लगानी नै डुब्ने जोखिम बढेको छ।

श्रेष्ठले विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रले पूरा गर्नुपर्ने कुनै काम बाँकी भए सरकारले स्पष्ट जानकारी दिनुपर्ने बताए। विमानस्थल सञ्चालनमा ल्याउन सरकार गम्भीर हुनुपर्ने उनको माग छ ।

सिद्धार्थ होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष किशोर जोशीले विमानस्थलसँगै आवश्यक सेवा तथा संरचना उपलब्ध नगराइँदा समस्या भएको बताए। उनका अनुसार विमानस्थलबाट उडान गर्ने विमान कम्पनीलाई पार्किङ र इन्धनमा छुट दिइए पनि यात्रुका लागि आवश्यक भिसा सेवा, नो अब्जेक्सन लेटर, स्वास्थ्य परीक्षण, बिमा तथा म्यानपावरसम्बन्धी सेवा उपलब्ध हुन सकेका छैनन् ।

सरकारले दुई वर्षअघि नै श्रम कार्यालय स्थापना, वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण, भिसा कार्यालय सञ्चालन तथा राहदानीसम्बन्धी सेवा उपलब्ध गराउने निर्णय गरेको थियो। तर, त्यसयता तीनवटा सरकार परिवर्तन भइसक्दा पनि आवश्यक संरचना तयार हुन सकेका छैनन् ।

केही समय उडान बढे, फेरि सुनसान

२०८१ साल मंसिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका क्रममा केही अन्तर्राष्ट्रिय उडान गौतम बुद्ध विमानस्थलमा सारिएका थिए। त्यसबेला एकै दिन चारदेखि पाँच वटासम्म अन्तर्राष्ट्रिय उडान हुँदा भैरहवा र आसपासका व्यवसायीमा आशा पलाएको थियो ।

विमानस्थल वरपरका होटल तथा अन्य व्यवसायमा चहलपहल बढेको थियो भने ट्याक्सी र अटोरिक्साका चालकले समेत काम पाएका थिए। तर, ती उडान नियमित हुन नसक्दा व्यवसाय फेरि प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा विकास गर्ने लक्ष्य राखिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा छ।

करिब ३६ अर्ब रुपैयाँको सरकारी लगानी, वार्षिक करोडौँको सञ्चालन खर्च र निजी क्षेत्रको ठूलो लगानी जोडिएको यो आयोजनालाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक सेवा, पूर्वाधार र नीतिगत व्यवस्था कहिले पूरा हुन्छन् विमानस्थल सञ्चालनमा ल्याउने जिम्मेवारी कसले लिने र लगानीको प्रतिफल कहिले प्राप्त हुने भन्ने प्रश्न अहिले पनि अनुत्तरित छ ।


प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  ११:३५
#पर्यटन व्यवसाय #भैरहवा विमानस्थल #विमानस्थल सञ्चालन #लुम्बिनी पर्यटन #अन्तर्राष्ट्रिय उडान #सरकारी लगानी #राष्ट्रिय गौरवको आयोजना #गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल #निजी क्षेत्रको लगानी
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अर्थ बाणिज्य
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो सोमबार, असोज २६, २०८३
चिनियाँ सामान नाकामै रोकिँदा दसैं बजार महँगिने संकेत
चिनियाँ सामान नाकामै रोकिँदा दसैं बजार महँगिने संकेत सोमबार, असोज २६, २०८३
सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो सोमबार, असोज २६, २०८३
लगातार चौथो दिन बढ्यो सुनको मूल्य, आज कति छ बजारभाउ ?
लगातार चौथो दिन बढ्यो सुनको मूल्य, आज कति छ बजारभाउ ? आइतबार, असोज २५, २०८३
पर्सामा सशस्त्र प्रहरीद्वारा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
पर्सामा सशस्त्र प्रहरीद्वारा १५ लाखभन्दा बढीको अवैध सामान बरामद शनिबार, असोज २४, २०८३
दुई जलविद्युत् आयोजनाका लागि २१ अर्ब लगानी स्वीकृत
दुई जलविद्युत् आयोजनाका लागि २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा वीरगंज सिटी
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
दसैँको अवसरमा वीरगंजस्थित  गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ?
दसैँको अवसरमा वीरगंजस्थित गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ? वीरगंज सिटी
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो वीरगंज सिटी
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात वीरगंज सिटी
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन्
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन् वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP