शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #राहुलकुमार गुप्ता
  • #शंकास्पद वित्तीय कारोबार
  • #सुरजकुमार
  • #उपेन्द्रकुमार साह
यहाँ खोज्नुहोस्
your add here your add here
धर्म संस्कृति
  • गृहपृष्ठ
  • धर्म संस्कृति
  • कुनै बेला दसैँको सन्देश दिने ढोल आज किन मौन छ?
कुनै बेला दसैँको सन्देश दिने ढोल आज किन मौन छ?
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, असोज २६, २०८३
A1 Beakery Add A1 Beakery Add

आइतबार घरघरमा घटस्थापना गरी बडादसैँको सुरुआत भइरहँदा कुनै समय गाउँबस्तीमा दसैँको आगमनको सन्देश दिने ढोल (नगरा) को आवाज सुनिन छाडेको छ । दसैँको नवरात्रभरि बिहान–साँझ घरदैलोमा ढोल बजाउने परम्परा हराउँदै जाँदा मधेसको सांस्कृतिक पहिचानसँगै राम (चमार) समुदायको पुख्र्यौली सीप र आम्दानीको स्रोतसमेत सङ्कटमा परेको छ ।

एक समय घटस्थापनादेखि विजयादशमीसम्म गाउँबस्तीमा ढोल बजाउँदै हिँड्ने चलन थियो । ढोलको तालले दसैँ आएको सन्देश दिनुका साथै गाउँमा उत्साह र चहलपहल बढाउँथ्यो । बालबालिका ढोलको तालमा रमाउँथे भने स्थानीयवासीले ढोल बजाउनेलाई दक्षिणास्वरूप धान, चामल, दाल, आलु, तेल, नगद तथा लत्ताकपडा दिने गर्थे । यसरी सङ्कलन भएको अन्नपात र अन्य सामग्रीले राम समुदायका परिवारलाई वर्षभरि जीविकोपार्जन गर्न सहयोग पुग्ने गरेको थियो ।

स्थानीय ९० वर्षीय सीताबीप्रसाद साहका अनुसार पहिले दसैँमा ढोल बजाएर सङ्कलन गरिएको अन्नपात बोरामा भरेर गोरुगाडा वा साइकलमा घर लैजाने गरिन्थ्यो । “पहिले दसैँमा ढोल बजाएर धान, चामल, आलु र तेल जम्मा गर्दा परिवारलाई वर्षभरि खान पुग्थ्यो। अहिले त्यो चलन हराइसक्यो,” उहाँले भन्नुभयो ।

स्थानीयका अनुसार करिब दुई दशकयता दसैँमा ढोल बजाउने परम्परा कमजोर हुँदै गएको छ । दलित समुदायको अधिकार र आत्मसम्मानका पक्षमा भएका आन्दोलनपछि पुख्र्यौली पेसालाई निरन्तरता दिने विषयमा समुदायभित्रै फरक धारणा देखिन थालेको उनीहरूको भनाइ छ । ढोल बजाउने कामलाई कथित ‘अछुतो’ पेसाका रूपमा हेर्ने सामाजिक सोचको विरोध गर्ने क्रममा कतिपय स्थानमा यो परम्परा रोकिएको बताइएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

राजविराजका लक्ष्मण रामले यस वर्ष पनि दसैँमा ढोल बजाउने तयारी गरे पनि सामाजिक बहिष्कारको चेतावनीका कारण पछि हट्नुपरेको बताउनुभयो । उहाँका अनुसार जातीय अगुवाहरूले घरमै आएर ढोल बजाए सामाजिक बहिष्कार गर्ने चेतावनी दिएपछि परम्परालाई निरन्तरता दिन नसकिएको हो । “यसै कारण करिब दुई दशकदेखि दसैँमा ढोल बजाउन छाडेको छु,” उहाँले भन्नुभयो ।

सामाजिक विभेदबाट मुक्ति र सम्मानजनक जीवनको चाहना स्वाभाविक भए पनि परम्परागत पेसा छाड्नुपर्ने अवस्था आउँदा त्यसको विकल्पमा अर्को आम्दानीको स्रोत तयार हुन नसकेको स्थानीयको गुनासो छ । यसले सांस्कृतिक परम्पराको निरन्तरतामा मात्र नभई समुदायको आर्थिक अवस्थामासमेत असर पारेको उनीहरूको भनाइ छ ।

आम्दानीको स्रोत गुम्दै

पहिले दसैँका १० दिन ढोल बजाएर प्राप्त हुने अन्न, नगद र अन्य सामग्रीले पाँच सदस्यीय परिवारको वर्षभरिको गर्जो टार्न सहयोग पुग्थ्यो। अहिले त्यो स्रोत बन्द भएपछि समुदायका परिवार वैकल्पिक रोजगारीको खोजीमा लाग्न बाध्य भएका छन् ।

राम समुदायका अगुवा मुनेश्वर रामका अनुसार नयाँ पुस्ता अध्ययन तथा रोजगारीका लागि कतार, मलेसिया र भारतलगायतका स्थानमा जान थालेपछि ढोल बजाउने सीप हस्तान्तरणको क्रमसमेत घटेको छ । पुरानो पुस्ता उमेरका कारण सक्रिय हुन नसक्ने र नयाँ पुस्ताले यो सीप नसिक्दा परम्पराको निरन्तरतामा चुनौती थपिएको उहाँले बताउनुभयो ।

सांस्कृतिक पहिचान जोगाउने चुनौती

दसैँमा ढोल नबज्दा आम्दानीको स्रोत मात्र नभई पर्वसँग जोडिएको सांस्कृतिक रौनकसमेत हराउँदै गएको स्थानीय हरिया रामको भनाइ छ । उहाँले पहिले नवरात्रका बेला ढोलको आवाजसँगै गाउँमा दसैँको माहोल बन्ने गरेको स्मरण गर्नुभयो । अहिले पर्व मनाइए पनि ढोलको तालबिनाको दसैँले पुरानो सांस्कृतिक अनुभूति दिन नसकेको उहाँको भनाइ छ ।

मधेस प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेशकुमार यादवले ढोल बजाउने परम्परालाई कथित ‘अछुतो’ कामका रूपमा हेर्ने सोच त्यागेर सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्नुपर्ने बताउनुभयो । राज्य तथा स्थानीय तहले सम्बन्धित समुदायको सम्मान सुनिश्चित गर्दै सांस्कृतिक प्रोत्साहन र आर्थिक सहयोगका कार्यक्रम ल्याउन सके परम्परालाई जोगाउन सकिने उहाँको सुझाव छ ।

दसैँको घटस्थापनासँगै गाउँबस्तीमा गुञ्जिनुपर्ने ढोलको आवाज हराउँदै जानु सांस्कृतिक परिवर्तनको विषय मात्र होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप र त्यसमा आश्रित परिवारको जीविकोपार्जनसँग पनि जोडिएको विषय हो । परम्पराको संरक्षणसँगै समुदायको आत्मसम्मान, सामाजिक समानता र वैकल्पिक रोजगारीलाई प्राथमिकता दिन सके मात्र ढोल बजाउने परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउन सकिने देखिन्छ ।

भिडियाे रिपाेर्ट


प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  ११:५०
#राजविराज #जातीय भेदभाव #मधेस #सामाजिक विभेद #सांस्कृतिक सम्पदा #सांस्कृतिक संरक्षण #बडादसैँ #घटस्थापना #दलित समुदाय #जीविकोपार्जन #ढोल बजाउने परम्परा #नगरा #राम समुदाय #पुख्र्यौली सीप #वैकल्पिक रोजगारी #मधेसको संस्कृति
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप धर्म संस्कृति
दसैँको अवसरमा वीरगंजस्थित  गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ?
दसैँको अवसरमा वीरगंजस्थित गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ? सोमबार, असोज २६, २०८३
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना आइतबार, असोज २५, २०८३
बडादसैँ आजदेखि सुरु, घरघरमा घटस्थापना गरिँदै
बडादसैँ आजदेखि सुरु, घरघरमा घटस्थापना गरिँदै आइतबार, असोज २५, २०८३
पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीका दम्पती पक्राउ
पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीका दम्पती पक्राउ बुधबार, असोज २१, २०८३
यस वर्ष दशैं टीकाको शुभ साइत १०:२६ बजे
यस वर्ष दशैं टीकाको शुभ साइत १०:२६ बजे बुधबार, असोज २१, २०८३
सन्तानप्रति समर्पित तराई–मधेशमा जितिया व्रत सुरू
सन्तानप्रति समर्पित तराई–मधेशमा जितिया व्रत सुरू शुक्रबार, असोज १६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा वीरगंज सिटी
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
दसैँको अवसरमा वीरगंजस्थित  गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ?
दसैँको अवसरमा वीरगंजस्थित गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ? वीरगंज सिटी
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो वीरगंज सिटी
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात वीरगंज सिटी
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन्
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन् वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP