मोतिहारी | भारतको बिहारस्थित मोतिहारीमा प्रहरीले अवैध रूपमा सञ्चालन भइरहेको मिनी गन फ्याक्ट्रीको पर्दाफास गरेको छ । प्रहरीले उक्त फ्याक्ट्रीबाट ठूलो परिमाणमा निर्मित तथा अर्धनिर्मित हतियार, गोली र हतियार बनाउने उपकरण बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार, विश्वकर्मा पूजाका क्रममा रघुनाथपुर थाना क्षेत्रको मिनी गन फ्याक्ट्री र हतियारको भण्डार देखिने भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएपछि मोतिहारी प्रहरी सक्रिय भएको थियो ।
मोतिहारीका डीएसपी सदर–१ दिलीप कुमारको नेतृत्वमा तुरकौलिया र रघुनाथपुर थानाको संयुक्त प्रहरी टोलीले रघुनाथपुर थाना क्षेत्रको गण्डक कोलोनीमा छापा मार्दा अवैध हतियार उत्पादन गर्ने फ्याक्ट्री फेला पारेको हो ।
प्रहरीले घटनास्थलबाट निर्मित तथा अर्धनिर्मित बन्दुक, गोली र हतियार निर्माणमा प्रयोग हुने विभिन्न उपकरण बरामद गरेको जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा तुरकौलिया थाना क्षेत्रको जयसिंहपुर घरवारी टोलका हरेंद्र शर्मा र उनका छोरा प्रिन्स कुमारलाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार, हरेंद्र शर्मा हाल रघुनाथपुर थाना क्षेत्रको गण्डक कोलोनीमा घर बनाएर बस्दै आएका थिए। सोही घरमा उनले अवैध रूपमा मिनी गन फ्याक्ट्री सञ्चालन गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
डीएसपी दिलीप कुमारले गोप्य सूचनाका आधारमा दुवै थानाको प्रहरी टोली परिचालन गरी संयुक्त कारबाही गरिएको बताए । उक्त कारबाहीका क्रममा अवैध हतियार उत्पादन गर्ने गतिविधि फेला परेको र हतियारसहित दुई जनालाई पक्राउ गरिएको उनले जानकारी दिए ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)