शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #सम्पत्ति शुद्धीकरण
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • पत्रकार वीरेन्द्र साह हत्या प्रकरणका मुख्य अभियुक्त १९ वर्षपछि अदालतमा हाजिर, पुर्पक्षका लागि कारागार चलान
पत्रकार वीरेन्द्र साह हत्या प्रकरणका मुख्य अभियुक्त १९ वर्षपछि अदालतमा हाजिर, पुर्पक्षका लागि कारागार चलान
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, कात्तिक १५, २०८३
A1 Beakery Add A1 Beakery Add

बाराका पत्रकार वीरेन्द्र साहको अपहरण तथा हत्या भएको करिब १९ वर्षपछि घटनाका मुख्य अभियुक्तमध्ये एक लालबहादुर चौधरी धामी अदालतमा उपस्थित भएका छन् । बिहीबार बारा जिल्ला अदालतमा हाजिर भएका चौधरीलाई अदालतले पुर्पक्षका लागि वीरगंज कारागार चलान गर्ने आदेश दिएको छ।

२०६४ साल असोज १८ गते बाराको साविक उम्जन गाविस अन्तर्गत पिपरा बजारबाट पत्रकार साहको अपहरण गरिएको थियो । उनीसँगै रहेका रामदेव दासलाई समेत अपहरण गरिएपनि पछि मुक्त गरिएको थियो ।

अपहरण भएको करिब ३५ दिनपछि २०६४ कात्तिक २२ गते बाराको साविक डुमरवाना गाविस–७ स्थित टाँगियाबस्ती नजिकको जंगलमा खाल्डोमा गाडिएको अवस्थामा साहको शव फेला परेको थियो । अनुसन्धानका क्रममा उनलाई गोली हानी हत्या गरिएको खुलेको थियो ।

एभिन्युज टेलिभिजन, दृष्टि साप्ताहिक र नेपाल एफएममा आबद्ध रहेर पत्रकारिता गर्दै आएका साहको हत्या प्रकरणमा तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताहरूको संलग्नता रहेको आरोप लागेको थियो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

प्रहरी अनुसन्धानका क्रममा लालबहादुर चौधरी, कुन्दन भनिने नरेन्द्र फौजदार, हरेराम पटेल भनिने हरेरामप्रसाद कुर्मी, मनेजर गिरी र रामएकवाल सहनी गरी पाँच जनाको नाम अभियुक्तका रूपमा जोडिएको थियो ।

घटनामा संलग्न रहेको अभियोग लागेका मनेजर गिरी २०६५ असोज १९ गते र रामएकवाल सहनी सोही वर्ष पुस २१ गते पक्राउ परेका थिए । उनीहरूविरुद्ध चलेको मुद्दामा बारा जिल्ला अदालतले २०६८ जेठ १६ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । पछि बाँकी कैद मिनाहा भएपछि दुवै कारागारमुक्त भएका थिए ।

त्यसैगरी, लामो समयदेखि फरार रहेका कुन्दन भनिने नरेन्द्र फौजदार २०७६ फागुन २५ गते बारागढी गाउँपालिका–६ गडहलस्थित आफ्नै घरबाट पक्राउ परेका थिए । हरेराम पटेल भनिने हरेरामप्रसाद कुर्मी २०७७ भदौ २५ गते कोल्हबी नगरपालिका–४ सपहीबाट पक्राउ परेका थिए ।

बारा जिल्ला अदालतले २०७८ पुस २६ गते गरेको फैसलामा फौजदारलाई पाँच वर्ष र कुर्मीलाई दुई वर्ष कैद सजाय सुनाएको थियो । दुवैले सजाय भुक्तान गरिसकेका छन् ।

तर, घटनाका मुख्य अभियुक्तमध्ये एक मानिएका लालबहादुर चौधरी धामी भने लामो समयसम्म फरार रहँदै आएका थिए । २०७९ वैशाखमा सार्वजनिक भएको विवरणमा समेत उनी फरार रहेको उल्लेख थियो । उनको पक्राउ र कारबाहीको माग पत्रकार महासंघसहित पत्रकारिता क्षेत्रले निरन्तर उठाउँदै आएको थियो ।

पत्रकार साहको हत्यापछि नेपाल पत्रकार महासंघले घटनाको छानबिन गर्न समिति गठन गरेको थियो । महासंघको टोलीले २०६४ असोज २३ गते सार्वजनिक गरेको निष्कर्षमा तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताहरूको संलग्नता औँल्याइएको थियो । घटनामा संलग्न दोषीलाई कारबाही गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकार र मानवअधिकारसम्बन्धी संस्थाहरूले समेत आवाज उठाउँदै आएका थिए ।

करिब १९ वर्षदेखि फरार रहेका चौधरी अदालतमा उपस्थित भई पुर्पक्षका लागि कारागार चलान भएपछि पत्रकार साहको हत्या प्रकरणले पुनः चर्चा पाएको छ । घटनाका अन्य अभियुक्तले सजाय भुक्तान गरिसकेको अवस्थामा मुख्य अभियुक्तमध्ये एक मानिएका चौधरी अब न्यायिक प्रक्रियामा आएका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  १५:१९
#मधेश प्रदेश #पत्रकार महासंघ #बारा समाचार #न्यायिक प्रक्रिया #पत्रकारमाथि आक्रमण #बारा जिल्ला अदालत #पत्रकार सुरक्षा #पत्रकार वीरेन्द्र साह #पत्रकार हत्या प्रकरण #लालबहादुर चौधरी
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
बारामा गोली लागेर घाइते युवक थप उपचारका लागि काठमाडौं रेफर
बारामा गोली लागेर घाइते युवक थप उपचारका लागि काठमाडौं रेफर आइतबार, कात्तिक १५, २०८३
फेटा झडप र प्रहरी गोलीकाण्डको छानबिन सुरु, घटनास्थलमा खटिएका केही प्रहरी जिम्मेवारीबाट हटाइए
फेटा झडप र प्रहरी गोलीकाण्डको छानबिन सुरु, घटनास्थलमा खटिएका केही प्रहरी जिम्मेवारीबाट हटाइए आइतबार, कात्तिक १५, २०८३
आर्थिक अनुशासन कायम गर्न मधेश प्रदेशमा नयाँ कार्यविधि लागू
आर्थिक अनुशासन कायम गर्न मधेश प्रदेशमा नयाँ कार्यविधि लागू आइतबार, कात्तिक १५, २०८३
तीन दिनको वर्षा र हावाहुरीले सप्तरीमा धानबालीमा क्षति, किसान चिन्तित
तीन दिनको वर्षा र हावाहुरीले सप्तरीमा धानबालीमा क्षति, किसान चिन्तित आइतबार, कात्तिक १५, २०८३
कुलेखानी जलाशय भरिँदै, रौतहटको बागमती तटीय क्षेत्रमा सतर्कता
कुलेखानी जलाशय भरिँदै, रौतहटको बागमती तटीय क्षेत्रमा सतर्कता आइतबार, कात्तिक १५, २०८३
जनकपुरधाम–ढल्केवर सडकमा दुई आकाशे पुल निर्माण सम्पन्न
जनकपुरधाम–ढल्केवर सडकमा दुई आकाशे पुल निर्माण सम्पन्न आइतबार, कात्तिक १५, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
जेनजी आन्दोलनमा कारागारबाट फरार कैदी सिरहाबाट पक्राउ
जेनजी आन्दोलनमा कारागारबाट फरार कैदी सिरहाबाट पक्राउ वीरगंज सिटी
ड्युटी इन्चार्ज फेरिएको तीन दिनमै आठ कैदी सुरुङ खनेर फरार
ड्युटी इन्चार्ज फेरिएको तीन दिनमै आठ कैदी सुरुङ खनेर फरार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
गलत तरिकाले अपांगता परिचयपत्र जारी गर्ने कर्मचारी दोषी ठहर
गलत तरिकाले अपांगता परिचयपत्र जारी गर्ने कर्मचारी दोषी ठहर वीरगंज सिटी
वीरगंजका विद्यालयमा चार वर्षदेखि विवाद, शिक्षा शाखाले अनुगमनसमेत नगरेको वडाध्यक्ष यादवको आरोप
वीरगंजका विद्यालयमा चार वर्षदेखि विवाद, शिक्षा शाखाले अनुगमनसमेत नगरेको वडाध्यक्ष यादवको आरोप वीरगंज सिटी
रास्वपाले मधेस प्रदेशको संगठन सुदृढीकरणका लागि संगठनकाे अडिट प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने
रास्वपाले मधेस प्रदेशको संगठन सुदृढीकरणका लागि संगठनकाे अडिट प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने वीरगंज सिटी
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता वीरगंज सिटी
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपिएलमा आज जनकपुर–पोखराको भिडन्त
एनपिएलमा आज जनकपुर–पोखराको भिडन्त वीरगंज सिटी
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP