नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ७५ हजार रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा सुनको मूल्यमा सामान्य वृद्धि भएको महासंघले जनाएको छ ।
यता सुनको मूल्य बढे पनि चाँदीको भाउ भने घटेको छ। महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ६७५ रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदी प्रतितोला ३ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।
यसरी मंगलबार नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा भने गिरावट आएको छ ।