तिहार तथा महान् छठ पर्वको शुभ अवसरमा मास्कट एकेडेमी +२ म्यानेजमेन्ट कलेजद्वारा आयोजित अन्तरसदन देउसी–भैलो तथा छठ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
विद्यार्थीहरूमा नेपाली मौलिक कला, संस्कृति, परम्परा तथा चाडपर्वको महत्वबारे जानकारी गराउने र उनीहरूभित्र रहेको प्रतिभा तथा सिर्जनात्मक क्षमतालाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
कलेजका सञ्चालक विजय साहको अध्यक्षता तथा वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रदीपकुमार चौरसियाको प्रमुख आतिथिमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य अजय साह, कलेजका शिक्षक मनीष सर, मोहम्मद वेशलगायत सञ्चारकर्मीहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यार्थीहरूले देउसी–भैलो तथा छठ पर्वसँग सम्बन्धित विभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए। विद्यार्थीहरूले गीत, नृत्य, देउसी–भैलो तथा छठ पर्वको सांस्कृतिक झल्को प्रस्तुत गर्दै उपस्थित अतिथि तथा दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।
प्रतियोगिताका क्रममा विभिन्न सदनका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो कला, प्रतिभा र सिर्जनशीलता प्रदर्शन गरेका थिए। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आपसी सहकार्य, नेतृत्व क्षमता, आत्मविश्वास र सांस्कृतिक चेतनाको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रमको अन्त्यमा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मानसहित पुरस्कार वितरण गरिएको थियो।
मास्कट एकेडेमीले पठनपाठनसँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकास, अतिरिक्त क्रियाकलाप तथा नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धनलाई प्राथमिकता दिँदै यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ।