काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ८५५ रुपैयाँ कायम भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ३ हजार ८१० रुपैयाँ रहेको थियो ।
आइतबारको तुलनामा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको महासङ्घले जनाएको छ ।