नेपाली बजारमा सुनको मूल्यमा एकैदिन ठूलो वृद्धि भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । यसअघि बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च दरले वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो ।
यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।
यससँगै सुन र चाँदी दुवैको मूल्यमा एकैदिन उल्लेख्य वृद्धि भएको छ ।