काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन मुलुकका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उनीहरूले राजदूत पदको शपथ लिएका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण गर्नेहरूमा भारतका लागि नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण रहेका छन् ।
राष्ट्रपति पौडेलले नवनियुक्त तीनै जना राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।