शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
अर्थ बाणिज्य
  • गृहपृष्ठ
  • अर्थ बाणिज्य
  • उखु किसानले सरकारी अनुदानसहित प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ मूल्य मागे, सहमति नभए आन्दोलन गर्ने चेतावनी
उखु किसानले सरकारी अनुदानसहित प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ मूल्य मागे, सहमति नभए आन्दोलन गर्ने चेतावनी
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, मंसिर ३, २०८३
A1 Beakery Add A1 Beakery Add

काठमाडौँ । उखु उत्पादक किसानले चालु आर्थिक वर्षका लागि सरकारी अनुदानसहित उखुको मूल्य प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन् । बढ्दो उत्पादन लागत, श्रम, मल, बीउ तथा ढुवानी खर्चलाई ध्यानमा राख्दै किसानले उखुको मूल्य बढाउनुपर्ने माग गरेका हुन् ।

मूल्यवृद्धि र चिनी उद्योगबाट पाउनुपर्ने बाँकी भुक्तानीका विषयमा सरकारसँग आगामी बिहीबार औपचारिक वार्ता गर्ने तयारी किसानले गरेका छन् । वार्तामा माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने उखु उत्पादक किसान महासंघले चेतावनी दिएको छ।

महासंघका अध्यक्ष श्यामबाबु रायका अनुसार किसानले सरकारी अनुदानसहित प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ उखुको मूल्य पाउनुपर्ने माग अघि सारेका छन् । गत वर्ष सरकारले प्रतिक्विन्टल ६२० रुपैयाँ मूल्य निर्धारण गरेको थियो। त्यसमा प्रतिक्विन्टल ७० रुपैयाँ प्रोत्साहन अनुदान थप हुँदा किसानले कुल ६९० रुपैयाँ पाएका थिए ।

तर बढ्दो उत्पादन लागतका कारण उक्त मूल्यले किसानको लगानीसमेत धान्न नसक्ने महासंघको भनाइ छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

अध्यक्ष रायले भारतको बजार मूल्य र उखुको रिकभरी प्रणालीको तुलनामा नेपालमा उत्पादन लागत बढी रहेको बताउँदै किसानले पनि उचित मूल्य पाउनुपर्ने बताए ।

उनले भने, “किसानले उत्पादनमा गरेको लगानी र बजारको अवस्थालाई आधार बनाएर उखुको मूल्य निर्धारण गर्नुपर्छ। चिनीको बजार मूल्यसमेत बढेको अवस्थामा किसानले पनि सोहीअनुसार उचित मूल्य पाउनुपर्छ। माग सम्बोधन नभए उद्योगमा गएर धर्ना बस्छौँ ।”
चिनी उद्योगबाट ५० करोडसम्म बक्यौता बाँकी
उखुको मूल्यवृद्धिसँगै किसानले चिनी उद्योगबाट पाउनुपर्ने बक्यौता रकम तत्काल भुक्तानी गर्नुपर्ने मागसमेत अघि सारेका छन् ।

महासंघका अनुसार आर्थिक वर्ष २०८२/८३ मा उखु खरिद गरेबापत अन्नपूर्ण चिनी मिलले करिब १६ देखि १७ करोड रुपैयाँ, महालक्ष्मी चिनी मिलले १२ देखि १३ करोड रुपैयाँ र बाबा बैजु चिनी मिलले करिब २० करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी छ ।

तीनवटै उद्योगबाट गरी करिब ४८ देखि ५० करोड रुपैयाँ किसानले पाउन बाँकी रहेको महासंघको दाबी छ ।

उखु बिक्री गरेपछि पनि समयमा भुक्तानी नपाउँदा किसानलाई आगामी खेतीका लागि आवश्यक लगानी जुटाउन समस्या भइरहेको अध्यक्ष रायले बताए। त्यसैले नयाँ मूल्य निर्धारणसँगै पुरानो बक्यौता रकमसमेत तत्काल भुक्तानी गराउनुपर्ने किसानको माग छ ।
सरकारले मूल्य निर्धारणको प्रक्रिया अघि बढायो
कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षको उखुको मूल्य निर्धारणका लागि किसान र चिनी उद्योगीसँग छलफल अघि बढाएको छ ।

मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ तथा सूचना अधिकारी डा. मणिरत्न अर्यालका अनुसार किसान, उद्योगी र मन्त्रालयका प्रतिनिधिबीच प्रारम्भिक छलफल भइसकेको छ । दुवै पक्षका माग र समस्या फरक रहेकाले थप परामर्श गरेर यसै साता मूल्य निर्धारणको विषय टुंग्याउने प्रयास भइरहेको उनले बताए ।

उद्योगीहरूले भने चिनीको मूल्य नबढाई उखुको मूल्य मात्रै बढाउँदा उद्योग सञ्चालनमा आर्थिक भार थपिने तर्क गरेका छन् । चिनीको मूल्य निर्धारण वाणिज्यसम्बन्धी निकायबाट हुने भएकाले यस विषयमा आवश्यक समन्वय गर्नुपर्ने उनीहरूको भनाइ छ।
रिकभरीमा आधारित मूल्य निर्धारण प्रणाली लागू गर्ने तयारी
मन्त्रालयले आगामी वर्षदेखि उखुको मूल्य निर्धारणमा रिकभरीमा आधारित प्रणाली लागू गर्ने विषयमा समेत छलफल गरिरहेको छ ।

भारतमा एक क्विन्टल उखुबाट कति चिनी उत्पादन हुन्छ भन्ने आधारमा मूल्य निर्धारण गर्ने अभ्यास रहेको डा. अर्यालले बताए। भारतमा न्यूनतम १०.२५ प्रतिशत रिकभरीलाई आधार मानेर उखुको मूल्य तोकिने र रिकभरी बढ्दै जाँदा किसानले थप मूल्य पाउने व्यवस्था छ ।

नेपालमा भने उद्योगीहरूले उखुको रिकभरी दर सामान्यतया ७ देखि ८ प्रतिशत हाराहारीमा रहेको बताउँदै आएका छन् ।

डा. अर्यालका अनुसार नेपालमा पनि न्यूनतम रिकभरीका आधारमा आधार मूल्य निर्धारण गरी त्यसभन्दा बढी चिनी उत्पादन भएमा सोही अनुपातमा किसानलाई थप भुक्तानी दिने प्रणाली विकास गर्न सकिने विषयमा छलफल भइरहेको छ ।

यसका लागि किसान, सरकार र उद्योगीका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएर खेतमै वैज्ञानिक उपकरणमार्फत रिकभरी परीक्षण गर्ने विकल्पबारे समेत छलफल भइरहेको उनले बताए ।

उद्योगमा उखु क्रसिङ भएपछि प्राप्त हुने वास्तविक उत्पादनका आधारमा पनि रिकभरीको औसत निकाल्न सकिने मन्त्रालयको भनाइ छ ।

उद्योगीहरू रिकभरीमा आधारित मूल्य निर्धारण प्रणालीप्रति सकारात्मक देखिए पनि किसानले यसको पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठाउन सक्ने मन्त्रालयको बुझाइ छ । त्यसैले किसानको प्रतिनिधित्व, सरकारी अनुगमन र वैज्ञानिक परीक्षण सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
नेपालमा चिनीको मूल्य भारतीय बजारभन्दा दोब्बर
चिनीको बजार मूल्यसमेत उखुको मूल्य निर्धारणमा महत्वपूर्ण विषय बनेको छ ।

उपलब्ध विवरणअनुसार भारतीय बजारमा चिनी प्रतिकिलो ६५ भारतीय रुपैयाँमा बिक्री भइरहेको छ । नेपालको तराई क्षेत्रमा प्रतिकिलो १३० रुपैयाँ र काठमाडौँमा १५० रुपैयाँसम्म बिक्री हुने गरेको उपभोक्ताको भनाइ छ ।

मन्त्रालयका अनुसार सरकारले तोकेको चिनीको मूल्य भने प्रतिकिलो करिब ९० रुपैयाँ रहेको छ ।

उखुको नयाँ मूल्य निर्धारण र पुरानो बक्यौता भुक्तानी दुवै विषय किसानका लागि महत्वपूर्ण बनेका छन् । आगामी बिहीबार हुने सरकार र किसानबीचको वार्तामा सहमति जुट्न नसके महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  ०६:००
#उखु किसान #चिनी उद्योग #सरकारी अनुदान #अन्नपूर्ण चिनी मिल #उखुको मूल्य #श्यामबाबु राय #उखु उत्पादन किसान महासंघ #उखुको मूल्यवृद्धि #किसानको बक्यौता #महालक्ष्मी चिनी मिल
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अर्थ बाणिज्य
प्रधानमन्त्री राहत कोषमा बढ्दै रकम, मौज्दात साढे १८ अर्ब पुग्यो
प्रधानमन्त्री राहत कोषमा बढ्दै रकम, मौज्दात साढे १८ अर्ब पुग्यो बुधबार, मंसिर २, २०८३
सुनको मूल्यमा निरन्तर गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा निरन्तर गिरावट, आज कतिमा हुँदैछ कारोबार ? बुधबार, मंसिर २, २०८३
तीन दिनको बिदापछि खुलेको सेयर बजारमा गिरावट, नेप्से १२.७९ अंकले घट्यो
तीन दिनको बिदापछि खुलेको सेयर बजारमा गिरावट, नेप्से १२.७९ अंकले घट्यो मंगलबार, मंसिर १, २०८३
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, आज कतिमा हुँदैछ कारोबार ? मंगलबार, मंसिर १, २०८३
पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने आयल निगमको निर्णय, पाक्षिक घाटा १ अर्ब ६२ करोडभन्दा बढी
पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने आयल निगमको निर्णय, पाक्षिक घाटा १ अर्ब ६२ करोडभन्दा बढी मंगलबार, मंसिर १, २०८३
उखुको मूल्य र भुक्तानीमा सहमति नभए सडक आन्दोलनमा उत्रिने किसानको चेतावनी
उखुको मूल्य र भुक्तानीमा सहमति नभए सडक आन्दोलनमा उत्रिने किसानको चेतावनी मंगलबार, मंसिर १, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ वीरगंज सिटी
१० अर्बको सहकारी ठगी प्रकरणमा बराहका अध्यक्ष लामिछाने पक्राउ
१० अर्बको सहकारी ठगी प्रकरणमा बराहका अध्यक्ष लामिछाने पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पर्सा–२ का सांसद सुशील कुमार कानुद्वारा चार सदस्यीय सचिवालय गठन, विकास निर्माण र जनगुनासो सम्बोधनलाई प्राथमिकता
पर्सा–२ का सांसद सुशील कुमार कानुद्वारा चार सदस्यीय सचिवालय गठन, विकास निर्माण र जनगुनासो सम्बोधनलाई प्राथमिकता वीरगंज सिटी
नेशनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, कलेजमा आफन्तको आक्रोश
नेशनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, कलेजमा आफन्तको आक्रोश वीरगंज सिटी
नेशनल मेडिकल कलेजमा आन्दोलनरत रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किने
नेशनल मेडिकल कलेजमा आन्दोलनरत रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किने वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित)
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा, बिहीबार सुदूरपश्चिमसँग भिड्ने
काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा, बिहीबार सुदूरपश्चिमसँग भिड्ने वीरगंज सिटी
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP