रंगको चाड होलीसँगै यसपर्वमा स्वादिष्ट परिकारको पनि उतिकै महत्त्व हुन्छ । विशेषगरी मासुजन्य परिकारको प्रचलन बढी हुने हुँदा स्वास्थ्यका हिसाबले सावधानी अपनाउन चिकित्सकहरूकाे सुझाव दिन्छन् ।
होलीको अवसरमा खसी, बाख्रा, कुखुरा, हाँस, माछालगायत मासुका परिकार बढी खपत हुने गर्छन् । यसै अनुसारका परिकारहरू अाफन्त प्रियजन कहाँ खाने गर्दछ ।
चिकित्सकहरूका अनुसार धेरै मात्रामा तेल, मसलायुक्त मासुजन्य परिकार खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । सन्तुलित मात्रामा मासु सेवन गर्दा शरीरलाई आवश्यक पोषण पुग्छ, तर अधिक खाए पाचन प्रणालीमा समस्या आउन सक्छ ।
स्वास्थ्य विज्ञहरूले ताजा र सफा मासु प्रयोग गर्न, आवश्यक मात्रामा मात्र सेवन गर्न र सकेसम्म उमालेको वा कम तेल मसला प्रयोग गरी पकाउन सल्लाह दिएका छन्। ‘खासगरी उच्च रक्तचाप, मधुमेह र ग्यास्ट्रिकका बिरामीहरूले मसलेदार र बोसोयुक्त मासु बढी नखानु नै राम्रो,’ ।
होलीको रमाइलोमा अनियन्त्रित रूपमा मदिरा सेवनसँगै धेरै मासु खानाले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले संयमता अपनाउन चिकित्सकहरू सुझाव दिन्छन्। साथै, मासुका साथमा हरियो सागसब्जी, सलाद, दही र पर्याप्त पानी पिउनु लाभदायक हुने गर्दछ ।
स्वास्थ्यलाई ध्यानमा राख्दै यस वर्षको होलीमा स्वादसँगै सन्तुलित आहारलाई प्राथमिकता दिन चिकित्सकहरूको सुझाव छ ।