शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • १५ वर्षदेखि अलपत्र कमला पुल सञ्चालनको बाटो खुल्यो, नदीको धार परिवर्तन गर्न सफल
१५ वर्षदेखि अलपत्र कमला पुल सञ्चालनको बाटो खुल्यो, नदीको धार परिवर्तन गर्न सफल
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, मंसिर ६, २०८३
A1 Beakery Add A1 Beakery Add

जनकपुरधाम । सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला पुल सञ्चालनमा ल्याउने तयारीस्वरूप पुलमुनिबाट नदीको धार परिवर्तन गर्ने कार्य सम्पन्न भएको छ । करिब १५ वर्षदेखि अलपत्र रहेको पुल सञ्चालनमा आउने भएपछि सिरहा र धनुषाका स्थानीयवासीमा खुसी छाएको छ ।

हुलाकी सडक निर्देशनालय जनकपुरका अनुसार लगातार एक सातादेखिको प्रयासपछि शुक्रबार राति कमला नदीको धार परिवर्तन गरी बाँध बाँध्ने काम सम्पन्न भएको हो । नदीमा पानीको चाप बढी भएका कारण धार परिवर्तन गर्न र बाँध निर्माण गर्न चुनौती भएको निर्देशनालयका प्रमुख कृष्णकुमार महतोले बताउनुभयो ।

उहाँका अनुसार शुक्रबार राति अथक प्रयासपछि नदीको धार परिवर्तन गर्न र बाँध बाँध्न सफलता मिलेको हो। अब पुल सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ ।

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले पुलको उद्घाटन गर्ने मन्त्रीका सल्लाहकार डा. दिनेश रामले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री लम्सालले शुक्रबार राति २ बजेसम्म पनि कामको अवस्थाबारे जानकारी लिनुभएको थियो। नदीको धार परिवर्तन गरी बाँध बाँध्न सफल भएको खबर पाएपछि मन्त्रीसमेत खुसी हुनुभएको उहाँले बताउनुभयो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

पुल सञ्चालनमा आउने भएपछि स्थानीयवासीले वर्षौंदेखिको सास्ती अन्त्य हुने आशा व्यक्त गरेका छन् । सिरहा नगरपालिका–६ बसबिटाका ६० वर्षीय डोमी यादवले कमला नदी किनारमा बाँध निर्माण गरी पुल सञ्चालनको बाटो खुलेको देख्दा आफू अत्यन्तै खुसी भएको बताउनुभयो ।

उहाँले १४ वर्षमा भगवान् राम वनवासबाट फर्किएको प्रसंग जोड्दै १५ वर्षपछि कमला पुल सञ्चालनमा आउन लागेकोमा खुसी व्यक्त गर्नुभयो । विगतका सरकारले गर्न नसकेको काम वर्तमान सरकारले अघि बढाएको भन्दै उहाँले नदी कटानका कारण गुमेको आफ्नो ६ बिघा खेतीयोग्य जमिनसमेत फिर्ता हुने आशा जागेको बताउनुभयो ।

त्यस्तै, अर्का स्थानीय दुखी यादवका अनुसार कमला पुल सञ्चालनमा आएपछि सिरहाबाट मधेस प्रदेशको राजधानी जनकपुरधाम पुग्नुपर्ने लामो दूरी घट्नेछ । सिरहाबाट करिब २९ किलोमिटर दूरीमा रहेको जनकपुरधाम पुग्न पुल सञ्चालनमा नआउँदा ८७ किलोमिटर घुमेर जानुपर्ने बाध्यता अब अन्त्य हुने उहाँको भनाइ छ ।

पप्पु–लुम्बिनी बिल्डर्सले निर्माण गरेको कमला पुल २०७८ साल असार १७ गते उद्घाटन नहुँदै आएको ठूलो बाढीका कारण क्षतिग्रस्त भएको थियो । बाढीले पुलको पूर्व र पश्चिमतर्फका पाया भासिएपछि पुल प्रयोगमा आउन सकेको थिएन। यसबीच पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वविभागीय मन्त्री, मधेस प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूले पुलको निरीक्षण गरे पनि सञ्चालनको काम अघि बढ्न सकेको थिएन ।

जेनजी आन्दोलनपछि तत्कालीन भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ र पूर्वखेलकुदमन्त्री बब्लु गुप्ताले कमला पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उक्त प्रतिबद्धतालाई वर्तमान भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले २५ करोड रुपैयाँ बजेट विनियोजन गरी कार्यान्वयनको चरणमा पुर्‍याउनुभएको सिरहा क्षेत्र नम्बर–३ का सांसद शम्भु यादवले बताउनुभयो ।

यसैबीच, हुलाकी राजमार्गअन्तर्गत अधुरो रहेका सहजा पुल र गाउन पुलको निर्माणसमेत आगामी पुस १५ गतेसम्म सम्पन्न हुने हुलाकी सडक निर्देशनालयका प्रमुख महतोले जानकारी दिनुभयो ।

कमला पुल सञ्चालनमा आएपछि सिरहा र धनुषाबीचको आवागमन सहज हुनुका साथै व्यापार, पर्यटन र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  ०७:००
#हुलाकी राजमार्ग #धनुषा #कमला नदी #सिरहा #भौतिक पूर्वाधार मन्त्रालय #कमला पुल #सुनिल लम्साल #पुल सञ्चालन #नदीको धार परिवर्तन #सिरहा क्षेत्र नम्बर ३
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
महोत्तरीको भंगहामा ५० लाखको लागतमा थारु संस्कृति तथा पर्यटन केन्द्रको भवन निर्माण, उद्घाटनसँगै हस्तान्तरण
महोत्तरीको भंगहामा ५० लाखको लागतमा थारु संस्कृति तथा पर्यटन केन्द्रको भवन निर्माण, उद्घाटनसँगै हस्तान्तरण मंगलबार, मंसिर ८, २०८३
बाराको मटिअर्वामा विद्युत् तार सर्ट भएर आगलागी, १० लाखको धनमाल जलेर नष्ट
बाराको मटिअर्वामा विद्युत् तार सर्ट भएर आगलागी, १० लाखको धनमाल जलेर नष्ट मंगलबार, मंसिर ८, २०८३
प्रहरी सहायक निरीक्षक बिन्दा महतो कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित
प्रहरी सहायक निरीक्षक बिन्दा महतो कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित मंगलबार, मंसिर ८, २०८३
हात्तीको आक्रमणबाट सप्तरीमा दुई युवक घाइते, घरहरूमा समेत क्षति
हात्तीको आक्रमणबाट सप्तरीमा दुई युवक घाइते, घरहरूमा समेत क्षति मंगलबार, मंसिर ८, २०८३
मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक प्रहरी नियन्त्रणमा
मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक प्रहरी नियन्त्रणमा मंगलबार, मंसिर ८, २०८३
अयोध्या–जनकपुरधाम धार्मिक यात्राः रेल जनकपुर आइपुग्यो
अयोध्या–जनकपुरधाम धार्मिक यात्राः रेल जनकपुर आइपुग्यो मंगलबार, मंसिर ८, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा सब–इन्जिनियरविरुद्ध मुद्दा
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा सब–इन्जिनियरविरुद्ध मुद्दा वीरगंज सिटी
मेलामा दुई पक्षबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले चलायो आठ राउण्ड हवाई फायर
मेलामा दुई पक्षबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले चलायो आठ राउण्ड हवाई फायर वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पर्सामा भन्सार छलीका २२ लाखभन्दा बढीका सामान बरामद, तीनवटा गाडी नियन्त्रणमा
पर्सामा भन्सार छलीका २२ लाखभन्दा बढीका सामान बरामद, तीनवटा गाडी नियन्त्रणमा वीरगंज सिटी
सिताराम राउत जग्गा प्रकरण : ऋणबापत दिएको जग्गा समेत राजकुमार राउतले हडपिएको विनोद पटेलकाे दाबी, न्यायको खोजीमा पीडित पक्ष (भिडियो रिपोर्ट सहित)
सिताराम राउत जग्गा प्रकरण : ऋणबापत दिएको जग्गा समेत राजकुमार राउतले हडपिएको विनोद पटेलकाे दाबी, न्यायको खोजीमा पीडित पक्ष (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
बहुदरमाईको प्रसिद्ध पाँचदिने मेला सुरु, नगर प्रमुख तेलीद्वारा उद्घाटन  (तस्बिर सहित)
बहुदरमाईको प्रसिद्ध पाँचदिने मेला सुरु, नगर प्रमुख तेलीद्वारा उद्घाटन (तस्बिर सहित) वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित वीरगंज सिटी
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP