नेपाल र भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा केहीबेरअघि बैठक सुरु भएको हो ।
बैठकमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित दुवै देशका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको छ ।
बैठकमा नेपालको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे सहभागी छन् ।
त्यसैगरी भारतीय पक्षबाट विदेशमन्त्री डा. एस. जयशंकर, प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललगायत उच्च सरकारी अधिकारीहरू सहभागी भएका छन् ।
बैठकमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित, आर्थिक सहकार्य तथा विभिन्न साझा चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भइरहेको यस उच्चस्तरीय बैठकलाई दुई देशबीचको सम्बन्ध र सहकार्यलाई थप विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।