प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारतको राजकीय भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँदिल्लीलाई विशेष रूपमा सजाइएको छ ।
प्रधानमन्त्री शाहको स्वागतका लागि दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डासहित प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तस्बिरसमेत राखिएका छन् ।
प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो। दुईदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री शाह आज भारत प्रस्थान गर्दैछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उक्त भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी, प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री शाहको भ्रमणलाई नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
दुईदिने भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्किने कार्यतालिका रहेको छ ।