नयाँ दिल्ली | भारतको दुईदिने राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशंकरबीच आइतबार साँझ नयाँ दिल्लीस्थित ताज होटलमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री शाह आइतबार दुईदिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन् । भ्रमणका क्रममा उनले भारतका उच्चपदस्थ सरकारी अधिकारी तथा विशिष्ट व्यक्तित्वहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा कूटनीतिक सम्बन्धका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।