बाराको कलैया उपमहानगरपालिका–१ स्थित हनुमान मन्दिरमा राखिएको दान पेटिकाको रकम बिहीबार राति चोरी भएको छ ।
बजार क्षेत्रमा अवस्थित मन्दिरको मुख्य ढोकाको ताला फुटाएर भित्र प्रवेश गरेका चोरले दान पेटिकामा रहेको रकम चोरी गरेका हुन् । मन्दिर व्यवस्थापन समितिका अनुसार मन्दिरको नियमित पूजा सकेर साँझ ढोका बन्द गरिएको थियो । तर, मध्यरातपछि चोरले ताला फोडी मन्दिरभित्र प्रवेश गरी दान पेटिका तोडेर रकम चोरी गरेका हुन् ।
चोरी भएको रकमको यकिन विवरण भने खुलेको छैन । घटनाबारे सूचना प्राप्त भएसँगै प्रहरीले चोरीमा संलग्नको खोजी शुरु गरेको छ ।
दान पेटिकामा भक्तजनले धार्मिक आस्थाका साथ चढाएको रकम चोरी भएपछि स्थानीयवासीमा आक्रोशि बनेका छन् ।