काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक आन्दोलनप्रति टिप्पणी गर्दै जायज माग लिएर वार्तामा आउन शिक्षकहरूलाई आह्वान गरेका छन् । सोमबार हिमालयन डायलगलाई सम्बोधन गर्दै उनले शिक्षकहरूलाई सडकमा सुत्न नपर्ने र आन्दोलन नगरी सरकारसँग कुराकानीबाट समाधान खोज्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले भने, “अहिले शिक्षक आन्दोलन चलिरहेको छ, किन चलाउनुभएको हो मलाई थाहा छैन । म प्रधानमन्त्री छु, म भनिरहेको छु- जायज माग लिएर आउनुहोस्, आन्दोलन गर्नुपर्दैन, हामी सम्बोधन गर्न तयार छौं ।”
उनले शिक्षकहरूलाई सडकमा गएर सुत्नु नपर्ने र दुःख नपाउने गरी सरकारसँग संवाद गर्न सुझाए। “आउनुस्, कुरा गरौं, त्यसको समाधान गरौं,” उनले थपे, “उहाँहरू कुराकानीमा आउनुहोला, हामी यथोचित ढंगले सम्बोधन गर्छौं ।” प्रधानमन्त्रीको यो आह्वान शिक्षक आन्दोलनका बीचमा आएको छ, जसमा सरकारसँगको वार्तामा पुगेको छैन ।