काठमाडौँ । तीनकुने प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय पुर्याइएको छ । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट सरकारी वकिलको कार्यालय लगिएको हो ।
प्रसाईँलाई आजै काठमाडौँ ल्याइएको हो । भारतको आसामबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याएपछि प्रहरीले पक्राउ पुष्टि गरेको थियो ।
त्यस्तै प्रहरीले उनलाई झापाको भद्रपुर विमानस्थलबाट बुद्ध एअरमार्फत काठमाडौँ ल्याइएको हो । काठमाडौँ ल्याउने भएपछि आन्तरिक कक्षतर्फ जम्मा भएका सञ्चारकर्मीलाई झुक्याउँदै प्रहरीले प्रसाईँलाई वैकल्पिक बाटोबाट जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्याएको छ ।
उनलाई आजै जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।