पक्राउको विरोधमा आज भएको प्रदर्शनको समाचार संकलनको क्रममा सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ, पर्साले गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।
एभिन्युज टेलिभिजनका संवाददाता अर्जुन गुप्ता, मध्य नेपाल सन्देशका अनिल ओझा र चन्द्रसूर्ज वाणिका धीरज तिवारी प्रदर्शनस्थलमा समाचार संकलन गरिरहँदा आक्रमणमा परेका थिए । पत्रकार गुप्ता गम्भीर घाइते भएको र हाल वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत रहेका छन् ।
महासंघले आज एक विज्ञप्ति जारी गर्दै पत्रकारमाथि लक्षित घटना हुनु अत्यन्त दुःखद, निन्दनीय रहेको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, “सत्य तथ्य जानकारी दिन काममा खटिएका सञ्चारकर्मीहरूमाथि यस्ता हमला हुनु लोकतान्त्रिक अभ्यास र प्रेस स्वतन्त्रता विपरित हो ।”
महासंघ पर्सा शाखाका सचिव विजयकुमार महतोद्वारा जारी विज्ञप्तीमा पत्रकारमाथिको आक्रमण तत्काल रोक्न, दोषी पहिचान गरी कानुनी कारबाही गर्न र समाचार संकलन गर्ने वातावरण सुरक्षित बनाउन आग्रह गरेको छ । साथै, महासंघले समाचार संकलन गरिरहेका सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न पूर्ण जिम्मेवारी लिन प्रहरी प्रशासनलाई आग्रह गरेको छ ।
सम्बन्धित समाचर
वीरगञ्जमा फेरि तनाव : सहमतिको २४ घण्टा नबित्दै केही पक्राउकाे विराेधमा प्रदर्शन, दुई पत्रकार घाइते, एकको टाउको फुट्यो
सम्बन्धित भिडियाे