सुवर्ण गाउँपालिका वडा नं. ४, हर्दियास्थित श्री ने.रा. माध्यमिक विद्यालयमा नयाँ विद्यालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।
गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवले उक्त भवनको शिलान्यास गरेका हुन् । शिक्षा क्षेत्रमा गुणस्तरात्मक सुधार ल्याउने उद्देश्यले भाैतिक पुर्वधार निर्माणमा जाेड दिएकाे बताए । अध्यक्ष यादवले शिलान्यास समारोहमा शिक्षा नै समाज विकासको आधार भएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा निरन्तर लगानी गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
शिलान्याससँगै भवन निर्माण कार्य छिट्टै सुरु गरिने र गुणस्तरीय निर्माण सहित निर्धारित समयभित्र सम्पन्न गरिने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजित यादवले बताए ।
विद्यालयका प्रधानाध्यापकले भवन निर्माणपछि विद्यार्थीहरूलाई सुरक्षित, सहज र गुणस्तरीय सिकाइको वातावरण प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । साथै, स्थानीय जनप्रतिनिधिहरूले नयाँ भवनले शिक्षाको स्तर वृद्धि गर्नुका साथै विद्यार्थीहरूलाई थप प्रेरित गर्ने जनाए ।
कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष झकड प्रसाद यादव, वडा सदस्यहरू, नेपाली कांग्रेसका युवा नेता रामनरेश प्रसाद यादव, स्थानीय समुदायका अगुवा, शिक्षक अभिभावक संघका प्रतिनिधि तथा विद्यालयका शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।