काठमाडौं | शिक्षामन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो राजीनामा पत्र बुझाएकी हुन् । हालसम्म उनले राजीनामा दिने कारणको खुलासा भने नगरेकी छन् ।
यसअघि, विद्यालय शिक्षा ऐन जारी गर्ने माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौंमा केन्द्रीय प्रदर्शन जारी राखेका थिए। शिक्षामन्त्री भट्टराई, सभामुख र प्रधानमन्त्रीसँग छलफल गरे तापनि निष्कर्ष ननिस्केको अवस्थामा उनले राजीनामा दिएका छन् ।
शिक्षकहरूको आन्दोलन विद्यालय शिक्षा ऐन जारी नभएसम्म जारी रहने अडानमा रहेको छ। यस घटनाले सरकार र शिक्षक संगठन बीचको संघर्षलाई अझै चर्काउने देखिन्छ ।
शिक्षामन्त्रीको राजीनामासँगै सरकार नयाँ नेतृत्वको खोजीमा जाने संकेत गरिएको छ ।