काठमाडौँ । चैत १५ गते तीनकुनेमा भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका ५ जनाले कक्षा १२ को परिक्षा दिएका छन् । उनीहरुलाई काठमाडौँ प्रहरी परिसरले कक्षा १२ को परिक्षा दिने व्यवस्था मिलाएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरुलाई जिल्ला शिषा समन्वय इकाईसँगको समन्वयमा परिक्षा दिने व्यवस्था मिलाइएको हो । परीक्षामा दिनेहरूमा सिराहा घर भएका दिनेश महतो, सिन्धुपाल्चोक घर भएका दावा शेर्पा, स्याङ्जा घर भएका सौगातकुमार बिक, धादिङ घर भएका सरोज थापा, नुवाकोट घर भएका सिमन घले र भारतीय नागरिक अमन साकिन रहेका छन् ।
उनीहरुको परीक्षाका लागि छुट्टै केन्द्राध्यक्ष, गार्ड र बेञ्चको व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।
चैत १५ गते तीनकुनेमा भएको राजावादीको आन्दोलनका क्रममा उनीहरु पनि अवाञ्छित गतिविधि संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।