काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षणको काम सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का अनुसार, शनिबारदेखि उत्तरपुस्तिका परीक्षण कार्य प्रारम्भ भएको हो ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार, ५० स्थानबाट उत्तरपुस्तिका परीक्षण भइरहेको छ । बोर्डले असार महिनाको पहिलो साता नतिजा सार्वजनिक गर्ने तालिका बनाएको थियो, तर शिक्षकहरूको आन्दोलनका कारण परीक्षणको काम ढिलाइ भयो ।
२० चैतदेखि २९ दिनसम्म शिक्षकहरूको आन्दोलनका कारण परीक्षणमा ढिलाइ भएको हो । एसईई परीक्षा ७ चैतदेखि सुरु भएको थियो, जसमा ४ लाख ३१ हजार ४६६ नियमित र ६७ हजार ७१५ ग्रेडवृद्धि परीक्षार्थी गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए ।