बाराको जीतपुर–सिमरा उपमहानगरपालिका–२ स्थित नयाँ बस्तीमा जारी जीतपुर-सिमरा व्यापार तथा सांस्कृतिक महोत्सव प्रहरी हस्तक्षेपपछि शनिबार राति बन्द गरिएको छ ।
प्रशासनले दिएको समयसीमाभन्दा ढिलोसम्म कार्यक्रम सञ्चालन भएपछि प्रहरीले हस्तक्षेप गर्दै महोत्सवको सांस्कृतिक कार्यक्रम रोकिदिएको हो । आयोजकले विहान १० बजेदेखि साँझ ६ बजेसम्म मात्र अनुमति पाए पनि राति ९ बजेसम्म टिकट बिक्री गरेको पाइएको थियो ।
सांस्कृतिक कार्यक्रममा भोजपुरी गायक सुनील पण्डित प्रस्तुति दिइरहेकै बेला इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक (डीएसपी) शुभद्रा वाइबा स्वयं स्टेजमा पुगेर कार्यक्रम रोकिदिइन् । उनले स्टेजमा चढेर माइक नियन्त्रणमा लिएर स्पिकरकाे लाइन नै चुटाएर कार्यक्रम बन्द गराएकी थिइन् । 'अनुमतिअनुसार साँझ ६ बजेसम्म महोत्सव सञ्चालन गर्न पाइन्छ भन्ने स्पष्ट निर्देशन दिइएको थियो,' डीएसपी वाइबाले भनिन्, 'तर आयोजकले ९ बजेसम्म पनि टिकट बिक्री जारी राखेपछि भिडभाड र झगडाको सम्भावना बढेको देखेर हामीले हस्तक्षेप गरेका हौं ।'
उनका अनुसार साँझ ७ बजेसम्म कार्यक्रम सञ्चालन गर्न एक घण्टाको थप अनुमति लिएको आयोजकको भनाइ छ । तर, राति ९ बजेसम्म पनि टिकट बिक्री जारी रहेको र त्यसले सुरक्षामा चुनौती थपिदा प्रहरीले कार्यक्रम बन्द गराएको हो ।
यता भोजपुरी गायक सुनील पण्डित प्रस्तुति दिइरहेकै बेला यस्ताे दुर्वयव्हार गर्ने प्रहरी नायब उपरिक्षक शुभद्रा वाइबाकाे कार्यप्रति समाजिक सञ्जाल फेसबुक मार्फत खेद प्रहट गरेका छन् । गायक पण्डितले फेसबुकमा लेखेका छन् ।
'साथिहरु गए राती सनिवार 3 गते 9:00 बजेर 5 मिनेट जादा ईलाका प्रहरी कार्यालय सिमराकी dsp शुभद्रा लामा वाईबा को टोलिले जितपुर सिमराको शान्ति टोलको खेल मैदानमा भईरहेको ब्यापारिक तथा सांस्कृतिक महोत्सवमा कार्यक्रम चल्दै गरेको बेला मेरो हात बाट माईक लीई स्पीकरको तार समेत चुडाई माईकबाट केही सुझाव न दिईकन सिधै ईशारामा कार्यक्रमको समय अवधी समाप्त भयो भन्दै कार्यक्रम रोकिन्दा आयोजकलाई तथा स्थानीय बासिन्दालाई धेरै नै असर परेको हुँदा म dsp साहबको यस्तो कार्य प्रति खेद प्रकट गर्न चाहन्छु ।'
स्थानीय प्रशासनले अनुमति उल्लंघन भएमा कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ । महोत्सवको नाममा अव्यवस्थित भिडभाड, मादक पदार्थ सेवन, र साँस्कृतिक कार्यक्रममा अस्वाभाविक व्यवहार देखिन थालेपछि स्थानीयवासीले गुनासो गरेकाे अधारमा बन्द गराइएकाे प्रहरीकाे भनाइ छ । महोत्सवमा व्यापारिक प्रदर्शनीसँगै दैनिक सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेको थियो ।
स्थानीय व्यवसाय प्रवर्द्धन, साङ्गीतिक मनोरञ्जन, र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव सञ्चालन गरिएको आयोजकले जनाएकाे छ ।
याे पनी ...
भोजपुरी सुपरस्टार खेसारीलालको प्रस्तुति मार्फत, जीतपुरमा जेठ १ गतेदेखि व्यापारिक तथा सांस्कृतिक महोत्सव
फोहोरमैला थुप्रो मै व्यापार : वीरगंजको घण्टाघर तरकारी बजारको अवस्था दयनीय, नागरिककाे स्वास्थ्यमाथि खेलवाड
सरकारी शिक्षकका सन्तानलाई अनिवार्य रूपमा सरकारी विद्यालयमै पढाउनुपर्ने जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १५ को निर्णय
बारा जितपुरका फिरोज आलम, डेढ करोडको जग्गा हातपर्ने लालचमा फसेपछि घरको न घाटको
भिडियाे सामाग्री