बुधबार नेपाली बजारमा सुनको मूल्यमा एकैदिन तोलामा ५ हजार रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ पुगेको हो । सुनको मूल्यमा आएको तीव्र वृद्धिले सुन कारोबारमा संलग्न व्यापारी र उपभोक्ता दुवैलाई प्रभाव पारेको छ । पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा चाप परेको र त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूको भनाइ छ ।
त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । मंगलबार तोलामा १ हजार ९४० रुपैयाँ कायम रहेको चाँदी बुधबार तोलामा १ हजार ९९० रुपैयाँमा कारोबार भएको हो ।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा धातुहरूको मूल्यमा भइरहेको उतारचढावले नेपाली बजारमा पनि असर पारिरहेको छ ।