नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला ५० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार घटेर ३ हजार ९३० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि हुँदा चाँदीको मूल्यमा गिरावट आएको हो ।