राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएको छ ।
पार्टीले आज (शनिबार) सचिवालयको भर्चुअल बैठक आयोजना गरेको हो । साथै, केन्द्रीय समितिको बैठक आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने जनाइएको छ ।
पार्टी स्रोतका अनुसार, बैठकमा सर्वोच्चको आदेशपछि उत्पन्न राजनीतिक र कानुनी अवस्थाबारे गहिरो समीक्षा र आगामी रणनीतिबारे छलफल हुनेछ ।