सरकारले एकैपटक १० जना सचिवहरूको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले उक्त जानकारी दिएका हुन् ।
गुरुङका अनुसार, निजामती सेवाका राजपत्राङ्कित विशिष्ठ श्रेणीका १० जना सचिवहरूको सरुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । त्यस्तै, प्रशासन सेवा समूहबाट सहसचिव भुपाल बराल र इन्जिनियरिङ सेवा समूहबाट दिनानाथ मिश्रलाई सचिव पदमा बढुवा गरिएको छ ।
बैठकले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ । साथै, सार्वजनिक सेवा प्रशारण नियमावली २०८२ स्वीकृत गरिएको र विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईलाई नियुक्त गर्ने निर्णयसमेत बैठकले गरेको प्रवक्ता गुरुङले जानकारी गराए ।