प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिटको अवलोकन गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गत निर्माण कार्यको प्रगति बुझ्न प्रधानमन्त्री ओली आज कीर्तिपुर पुगेका हुन् ।
गत फागुनदेखि त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माणको काम भइरहेको छ । उक्त निर्माण कार्यको जिम्मा बीकेओआई–केसीडीसीबिजी जेभीले लिएको छ । ठेक्का रकम ४३ करोड ७७ लाख रुपैयाँ तोकिएको थियो ।
निर्माण कार्य सम्पन्न गर्ने म्याद गत वैशाख २४ गतेसम्म तोकिएको भए पनि अझैसम्म काम पूरा भएको छैन । निर्माणमा ढिलाइ भइरहेको देखेपछि प्रधानमन्त्री ओलीले निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीको अवलोकन भ्रमणसँगै क्यानले निर्माण कार्यको गति बढाउने आशा गरिएको छ ।