वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि अनेरास्ववियु ठाकुरराम बहुमुखी क्याम्पस कमिटी वीरगञ्जले क्याम्पस परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
अरमान आलमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका आँप, अनार, चम्पा, पोस्ता, बनफूल, गुलमोहर, केसर, महिमा फूल, कनेर, कचानर कन्द, पुष्प नारियल, ग्वाभा, नीबू, ताड, छुईमुई, गुलाब र सूर्यमुखी लगायत विविध जातका बिरुवाहरू वृक्षाराेपण गरिएको अनेरास्ववियु ठाकुरराम बहुमुखी क्याम्पस कमिटी वीरगञ्जले जनाएकाे छ ।
अनेरास्ववियुका केन्द्रीय सदस्य आशिफ अहमद, विद्यार्थी विभाग प्रमुख रियाज अन्सारी, जिल्ला कमिटी अध्यक्ष सुजित मण्डल, सचिव पुकार सुवेदी लगायतका विद्यार्थी नेताहरूको सहभागितामा वृक्षाराेपण गरिएकाे हाे ।