आज २०८२ साल साउन १२ गते, सोमबारका लागि राशिफल यस्तो छ । नेपाल सम्बत ११४५, गुंलाथ्वा चतुर्थी नाम संवत्सरअन्तर्गत सूर्य कर्कट राशिमा रहेका छन् । सूर्य दक्षिणायनमा प्रवेश गरिसकेको छ भने आजको तिथि शुक्ल पक्षको चतुर्थी हो । पञ्चाङ्ग अनुसार योग—बरियान, करण—वणिज, नक्षत्र—पूर्व फाल्गुनी रहेको छ ।
आज नेपालमा सूर्योदय बिहान ५ः२३ मा र सूर्यास्त साँझ ६ः५६ मा हुनेछ ।
महत्त्वपूर्ण कार्यका लागि बिहान ६ः११ देखि ८ः५९ सम्मको समय शुभ मानिएको छ ।
आजको शुभ सल्लाह
आज घरबाट निस्कनुअघि बदामको सातु खाएर जुनसुकै दिशाको यात्रा गरे पनि शुभ फल प्राप्त हुने विश्वास छ ।
🔯 बार्षिक राशिफल (राशिअनुसार) ⬇️
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रतिष्ठा वृद्धि हुने समय हो। पितृ र कुल धर्मप्रति आकर्षण बढ्नेछ। कार्यक्षेत्रमा सिनियर प्रसन्न हुनेछन्। बोझिलो वातावरण र घरेलु चापबीच पनि प्रियजनसँग संवाद गर्नु उपयुक्त हुन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वैचारिक मतभेद उत्पन्न हुन सक्छ। विपरित परिस्थिति आएमा समझौता नगर्नु राम्रो हुन्छ। समयसँगै स्थिति सहज बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक यात्रा वा भ्रमणको योजना बन्न सक्छ। नयाँ साथी बन्ने सम्भावना छ। उत्साह र रचनात्मक ऊर्जा राम्रो हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सावधानी अपनाउनु पर्ने दिन हो। हाकिमको रिस वा पारिवारिक मतभेद सम्भव छ। शंका नपाल्नुहोस्, मिलनसार व्यवहार लाभदायी हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक नोक्सानीको जोखिम छ। पुराना मित्रसँग सम्पर्क तथा रमाइलो सम्भव छ। अध्ययन र सीप प्रदर्शनमा सफलता मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दाम्पत्य जीवनमा सन्तुलन कायम रहला। तर, निर्णय क्षमतामा कमजोर हुन सक्ने दिन हो। आत्मचिन्तन र समस्या समाधानमा समय दिनु राम्रो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पुराना मित्रसँग भेटघाटको समय छ। मिहिनेतको प्रतिफल पाउन सकिनेछ। बिजुली र फलामका कामबाट लाभ उठ्न सक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला, संचार र अभिव्यक्तिमा रुचि देखिनेछ। खर्चको विषयमा होशियार हुनुपर्छ। वरिष्ठ कर्मचारीसँग व्यवहारमा सजग रहनुहोस् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
उत्साह र प्रेरणाले भरिएको दिन। अध्ययन र प्रयासमा सफलता मिल्नेछ। व्यक्तिगत उन्नतिले मन प्रशन्न हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विचार र खर्चमा असन्तुलन देखिनेछ। सानो यात्रामा ध्यान जान सक्छ। आज ठूला योजना थाल्न उचित छैन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धन लाभको समय हो। पारिवारिक र पेसागत जिम्मेवारी बढ्नेछ। माइती पक्षसँग सम्पर्क बढाउनु राम्रो हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ज्ञानप्रति रुचि बढ्नेछ। दार्शनिक भावनाको जागरण हुनेछ। क्षमता प्रदर्शनबाट मान–सम्मान प्राप्त हुनेछ ।