पर्सा | नेपाल औषधिगत बिक्री प्रबन्धक संगठनको चौथो साधारण सभा हर्षोल्लासपूर्वक सम्पन्न भएको छ । सभाले १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको छ भने नवनिर्वाचित पदाधिकारीहरूले सपथ ग्रहण समारोहसमेत सम्पन्न गरेका छन् ।
नवगठित कार्यसमितिमा महबुब आलम अध्यक्ष चयन भएका छन् । प्रविण मिश्रा उपाध्यक्ष, अवधेश साह महासचिव, बिनय दुबेदी र नरेन्द्र मेहता सह–सचिव, शनि द्विबेदी कोषाध्यक्ष तथा रामनरेश यादव सह–कोषाध्यक्षमा चयन भएका छन् । अन्य सदस्यसहित कुल १५ सदस्यीय समिति गठन गरिएको हो ।
सभामा सहभागी सदस्यहरूले संगठनको आगामी कार्ययोजना, औषधि व्यवसायसँग सम्बन्धित समस्या समाधान र व्यवस्थापन सुधारका विषयमा विस्तृत छलफल गरेका थिए ।
नयाँ नेतृत्वले संगठनलाई अझ सक्रिय, उत्तरदायी र व्यावसायिक मर्यादायुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।