आज दिउँसो म्याग्दी जिल्लाको गुर्जाखानी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १ बजेर ३ मिनेट जाँदा ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प महसुस गरिएको हो।
भूकम्पको केन्द्रविन्दु म्याग्दीको गुर्जाखानी क्षेत्रमा रहेको केन्द्रले जनाएको छ। प्रारम्भिक विवरणअनुसार यो भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण आइसकेको छैन।
स्थानीय बासिन्दाहरूले हल्का कम्पन महसुस भएको जनाएका छन्। पछिल्लो समय देशका विभिन्न भागमा हल्का भूकम्प जान थालेका छन्।