🔶 शुभ मुहूर्त
आज कुनै पनि महत्वपूर्ण कार्य वा शुभ यात्रा सुरु गर्नु छ भने बिहान ६:०३ देखि ८:५७ सम्मको समय शुभ छ ।
दही खाएर जुनसुकै दिशातर्फ यात्रा गरेमा राम्रो फल प्राप्त हुने विश्वास गरिएको छ ।
🔯 राशिफल विवरण
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आन्तरिक द्वन्द्व र भ्रम हट्ने समय हो। प्रतियोगिता र परीक्षामा सफलता मिल्ने सम्भावना छ। पारिवारिक चाहनालाई बेवास्ता नगर्नुहोस् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जीवनसाथीसँग समय बिताउने योजना बनाउनुहोस्। लक्ष्यप्रति केन्द्रित भएमा सफलता प्राप्त हुनेछ । अवसरको पहिचान गरी अगाडि बढ्नु उचित हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धन, मान र प्रतिष्ठा वृद्धि हुने दिन हो । पारिवारिक वातावरण सकारात्मक छ। रोकिएको पारिश्रमिक प्राप्त हुने सम्भावना छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नेटवर्किङ तथा जनसम्पर्कबाट फाइदा हुनेछ । तर घरपरिवारमा समय दिन नसक्दा असमझदारी उत्पन्न हुनसक्छ। आलस्य नगर्नुहोस् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शारीरिक थकान र मानसिक दवाव रहन सक्छ । सावधानी अपनाउनु उपयुक्त हुन्छ। कार्यक्षेत्रको बोझ घरमा ल्याउन नदिनुहोस् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कामतर्फ आकर्षण बढ्नेछ। प्रतिस्पर्धामा मनोबल उच्च हुनेछ । लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउनसक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
संबन्धमा पारदर्शिता आवश्यक छ । लापरवाही गर्दा कानुनी समस्यामा पर्न सकिन्छ। व्यापारमा ध्यान केन्द्रित राख्नुहोस् ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सँगीसाथीसँग समय बिताउने मौका पाइनेछ । तर पठनपाठन वा बौद्धिक क्षेत्रमा ध्यान कम हुनसक्छ। नयाँ प्रस्तावमाथि विचार गर्नुहोस् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आमाको स्वास्थ्यप्रति ध्यान पुर्याउनुहोस। सहकर्मीहरूसँग असमझदारी बढ्न सक्छ । काममा एक्लै खट्नुपर्ने समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दार्शनिक विषयमा रुचि बढ्नेछ। व्यक्तिगत प्रतिष्ठा र पेशागत सफलता पाइने समय हो । परीक्षा र अन्तर्वार्तामा सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परीक्षा वा प्रतियोगितामा सफलता मिल्ने सम्भावना छ । आम्दानी बढ्नेछ। पारिवारिक माहोल सकारात्मक हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गम्भीर स्वभावको उदय हुनेछ । सम्बन्ध बलियो बनाउन आत्मीयता जरुरी छ। बिक्रीबट्टामा सुधार हुनेछ। हिसाबकिताबमा सावधानी अपनाउनुहोस् ।