वीरगंज | पर्साको जगरनाथपुर गाउँपालिका र वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच सस्तो, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्न ऐतिहासिक सम्झौता भएको छ ।
गाउँपालिकाले आफ्ना बासिन्दालाई विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्न मेडिकल कलेजसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव र मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार प्रदान गरिने छुटहरू:
-
ओपीडी टिकटमा: २५ प्रतिशत छुट
-
जेनरल बेड चार्जमा: १५ प्रतिशत छुट
-
आइसीयू, एनआईसीयू, पीआईसीयू बेड चार्जमा: १६ प्रतिशत छुट
-
सर्जरी (मेजर/माइनर) मा: ८ प्रतिशत छुट
-
प्याथोलोजी परीक्षणमा: १० प्रतिशत छुट
-
भिडियो एक्स-रे, एक्स-रे, ईसीजी, एन्डोस्कोपी, टीएमटी, सिटी स्क्यान, एमआरआईमा: ७ प्रतिशत छुट
-
फार्मेसीमा: १०–१५ प्रतिशत छुट
-
दन्त सेवामा: ७ प्रतिशत छुट
गाउँपालिका अध्यक्ष यादवले सम्झौतापछि प्रतिक्रिया दिंदै भने, “हामी सबैका लागि सुलभ, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्न प्रतिबद्ध छौं । यो सम्झौताले गाउँपालिकावासीको स्वास्थ्य उपचारमा ठूलो सहजता ल्याउनेछ ।”
यस सहकार्यबाट विशेषगरी आर्थिक रूपमा कमजोर वर्गका नागरिकहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।