काठमाडौं | त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार र रेक्टर कार्यालयमा विद्यार्थीहरूले तोडफोड गरेका छन् । अखिल क्रान्तिकारीका विद्यार्थीहरूले उपकुलपतिको कार्यालयमा धर्ना बसेका थिए भने, उनीहरूले बाहिर निस्किएर नाराबाजी गर्दै रजिष्ट्रारको कार्यालयमा सिसा फुटाएका थिए ।
एक विद्यार्थी नेताका अनुसार रेक्टरको कार्यालयतर्फ जाँदा प्रहरीसँग झडप भएको हो । झडपका क्रममा प्रहरी र विद्यार्थीबीच भिडन्त भएको छ भने दुई जना विद्यार्थी घाइते भएका छन् ।