सशस्त्र प्रहरी बलले बारा जिल्लाको फेटा गाउँपालिका–१ त्रिवेणी चोकबाट करिब ४ लाख ४ हजार रुपैयाँ बराबरको अवैध रेडिमेड कपडा सहित तीन वटा मोटरसाइकल बरामद गरेको छ ।
छतवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक अर्जुन पनेरुको कमाण्डमा खटिएको ६ जनाको मोटरसाइकल गस्ती टोलीले मंगलबार भारतबाट नेपाल ल्याउँदै गरिएको कपडा नियन्त्रणमा लिएको हो ।
बरामद गरिएका कपडा र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बल नं. १२ गण बाराका प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले जानकारी दिए ।