मेषः
वाणीमा दोष लाग्ने सम्भावना छ, त्यसैले बोली–वचनमा ख्याल गर्नुहोस् । प्राविधिक तथा सेवा–मूलक कार्यमा सफलता मिल्नेछ । नाता–सम्बन्धमा सजग रहनु आवश्यक छ । खर्च बढ्ने समय छ ।
वृषः
अधिकार र प्रतिष्ठा जोगाउन सफल हुनुहुनेछ । कामको चाप कम भएर फुर्सद पाइनेछ । सहयोग र उपहार प्राप्त हुने योग छ । स्वादिष्ट भोजनमा रमाउन सकिनेछ । अध्ययनमा राम्रो परिणाम आउनेछ ।
मिथुनः
अवसरका लागि दौडधुप बढ्नेछ । आश्वासन दिनेहरूले वाचा पूरा नगर्ने सम्भावना छ । धनमाल हराउने वा ठगीमा पर्न सक्ने योग भएकाले लेनदेनमा सावधानी अपनाउनुहोस् । धैर्य र लगनशीलताले अवसर दिलाउनेछ ।
कर्कटः
आम्दानी अपेक्षाभन्दा बढी हुने देखिन्छ । पारिवारिक साथ सहयोग पाइनेछ । नयाँ ज्ञान प्राप्त हुनेछ । न्यायिक निर्णय तपाईँकै पक्षमा हुने योग छ । व्यापार–व्यवसायमा फाइदा मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।
सिंहः
कर्म बलियो छ, त्यसैले राम्रो फल प्राप्त हुनेछ । मान–सम्मान र पद प्रतिष्ठामा वृद्धि हुनेछ । महत्वपूर्ण योजना गोप्य राख्नु राम्रो हुन्छ । सतर्कताले कामलाई सफलतामा पुर्याउनेछ । आय–आर्जनका नयाँ स्रोत फेला पर्नेछन् ।
कन्याः
काम गर्ने अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ । भौतिक सुख–सुविधाले खर्च बढ्नेछ । सरकारी वा प्रशासनिक काममा अवरोध आउन सक्छ । धार्मिक कार्यमा सहभागी हुने समय छ ।
तुलाः
आज कुरा काट्नेहरूले षड्यन्त्र गर्न खोज्नेछन् । परिवार र आफन्तको गतिविधि सन्तोषजनक नहुँदा खिन्नता बढ्न सक्छ । व्यवसायिक कार्य धेरै प्रयासपछि मात्र सम्पन्न हुनेछ ।
वृश्चिकः
प्रणय सम्बन्ध नजिक हुने योग छ । जीवनसाथीको सहयोगले राम्रो काम सम्पन्न हुनेछ । उद्योग, व्यापार र व्यवसायमा फाइदा हुने देखिन्छ । समय अनुकूल हुँदा मन प्रसन्न रहनेछ । वैदेशिक काम अगाडि बढ्नेछ ।
धनुः
रोकिएका अधुरा काम पुनः सुरु हुनेछन् । धेरैले तपाईंका कामको प्रशंसा गर्नेछन् । साथी–भाइसँग भेट हुँदा मन प्रशन्न हुनेछ । नयाँ आय–आर्जनका अवसर फेला पर्नेछन् । शिक्षा क्षेत्रमा लगानी गरे फाइदा हुनेछ ।
मकरः
निर्णायक कार्यमा ध्यान केन्द्रित नहुने सम्भावना छ । लेनदेनमा विवाद आउन सक्छ । घरायसी समस्याले सताउनेछ । विशेष काम अघि बढाउँदा परिवार वा जीवनसाथीको सल्लाह लिनु लाभदायी हुनेछ ।
कुम्भः
घरमै बसेर धेरै कार्य सम्पन्न गर्न सकिनेछ । आफन्तसँग भेटघाट हुनेछ । आफ्नै मेहनतले अरुलाई फाइदा पुर्याउन सकिनेछ । साझेदारीमा समस्या आउन सक्छ । पारिवारिक समस्याले झर्को लाग्ने सम्भावना छ ।
मीनः
दाजुभाइबीच साझेदारी बढ्नेछ । आत्मविश्वासले चुनौतीहरू सरल हुनेछन् । राजनीतिमा अर्थपूर्ण भेटघाटले नयाँ मोड लिन सक्छ । विरोधीबाट सजग रहनुहोस् । रोकिएका काममा साथीभाइ र इष्टमित्रको सहयोग पाइनेछ ।