नेपाल पञ्चाङ्ग अनुसार आज २०८२ साल भदौ ९ गते, साेमवार (ई.सं. २०२५ अगस्ट २५), नेपाल सम्बत ११४५ ञलाथ्वा द्वितीया, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, शुक्ल द्वितीया तिथि परेको छ । आज चन्द्रमा सिंह राशिमा र सूर्य पनि सिंह राशिमा रहेका छन्। करणः तैतिल, योगः सिद्ध रहेको छ ।
नेपालमा सूर्योदय बिहान ५ः४० बजे भएको छ भने सूर्यास्त साँझ ६ः३० बजे हुनेछ ।
आज कुनै पनि महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु अघि खिर खाएर यात्रा गरे शुभ फल प्राप्त हुने विश्वास रहन्छ ।
आजका लागि शुभ समय बिहान ६ः११ देखि ८ः१३ सम्म रहेको छ ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यक्तित्व विकासको प्रयास सफल हुनेछ। परीक्षा वा अन्तर्वार्तामा राम्रो नतिजा आउने सम्भावना छ । साथीसंगीसँग रमाइलो भेटघाट हुनेछ र सामाजिक सम्बन्ध मजबुत बन्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कम्युनिकेसन, विज्ञापन वा मार्केटिङमा राम्रो उपलब्धि मिल्ने दिन हो । नकारात्मक प्रतिक्रियामा ध्यान नदिई आफ्नो कर्ममा केन्द्रित रहनु लाभदायी हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
इच्छाशक्ति बढ्नेछ। जिम्मेवारीप्रति सचेत रहँदा मानसम्मान र प्रतिष्ठा बढ्नेछ। मिहिनेत गरे प्रतिस्पर्धी पछि पर्नेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धन लाभ हुने योग छ तर कारोबारमा झट्ट विश्वास गर्दा घाटा हुने सम्भावना छ । व्यस्तता बढ्नेछ र खर्चमा सावधानी अपनाउनुपर्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिश्रमअनुरूप ठूलो सफलता पाउने समय हो। आत्मविश्वास बढ्नेछ र कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ । स्थिर प्रयोजनमा लगानी उपयुक्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नाम, मान र प्रतिष्ठा बढ्ने समय हो । जिम्मेवारी र प्रशंसा एकसाथ पाइने सम्भावना छ । व्यवसायिक कार्यमा व्यस्तता बढ्नसक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सानो प्रयासमै ठूलो सफलता पाउने दिन हो । समाजसेवा वा परोपकारी कार्यमा सहभागी हुनुपर्नेछ । प्रयासमा कमी आएमा अवसर गुम्न सक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चोटपटक वा दुर्घटनाबाट बच्न सावधानी आवश्यक छ । कार्यक्षेत्रमा अवरोध र असफलताको सामना गर्नुपर्ने सम्भावना छ । प्रेम जीवनमा असमझदारी बढ्नसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
एकान्त समय मिल्नेछ। मित्र वा सहयोगीहरूसँग सम्बन्ध धमिलो हुनसक्छ । अनलाइन वा प्रविधि प्रयोगबाट लाभ हुने सम्भावना छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अनावश्यक चिन्ताले काममा ढिलाइ हुनसक्छ । प्रतिस्पर्धा वा परीक्षामा सफलता पाउने सम्भावना छ। परिवारमा असमझदारी समाधान हुने दिन हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
टाढाबाट शुभ समाचार प्राप्त हुने दिन हो । लगनशीलता र परिश्रमको प्रतिफल पाइनेछ । परीक्षा वा प्रतियोगितामा सफलता सम्भावना छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विश्वासमा संकट आउनसक्छ। घरपरिवारमा विवादको सम्भावना छ । अचल सम्पत्ति वा शेयर कारोबारमा लाभ हुनेछ ।