महोत्तरी | महोत्तरीको पिपरा गाउँपालिका–६ स्थित श्रीआदर्श उच्च माविमा बिहीबार दिवा खाजा खाएपछि एक सयभन्दा बढी विद्यार्थी बिरामी परेर अस्पताल भर्ना भएका छन् ।
दिवा खाजाका क्रममा एक विद्यार्थीको प्लेटमा छेपारो फेला परेपछि केहीमा सामान्य स्वास्थ्य समस्या देखिएका कारण सबै विद्यार्थीलाई चिकित्सकको निगरानीमा ल्याइएको विद्यालय प्रशासनले जनाएको छ ।
बिरामी विद्यार्थीलाई जनकपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। प्रादेशिक अस्पतालका डा. रमेश यादवका अनुसार अहिलेसम्म कुनै गम्भीर समस्या देखिएको छैन तर सबैलाई रातभर निगरानीमा राखिनेछ ।
पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले विद्यार्थी बिरामी भएको जानकारी पाए पनि वास्तविकता बुझ्न बाँकी रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “विद्यार्थीहरू दिवा खाजा खाएपछि बिरामी भएको भन्ने सुनेको छु, वास्तविकता बुझ्ने प्रयासमा छु ।”
भिडियाे सामाग्री