राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागारबाट बाहिरिएका छन् ।
लामिछानेलाई मंगलबार कारागार प्रशासनले बाहिर ल्याएको हो । लामिछानेको कारागारमुक्तिको विषयमा पार्टीका नेता दीपक बोहराले पुष्टि गर्दै उहाँ बाहिर आइसकेको जानकारी दिएका छन् । लामिछानेमाथि राजनिति प्रतिशाेध लगाएर लागेका मुद्दासम्बन्धी प्रक्रियापछि उनले कारागारबाट बाहिरिने अवस्था बनेको जनाइएको छ ।
यसबारे थप जानकारी भने आधिकारिक रूपमा सार्वजनिक भएको छैन ।